कला

काठमाडौं । चलचित्र ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनुभन्दा दुई महिनाअगाडि नै यसको निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो ।
चलचित्रलाई आरआर फिल्मसले वितरण गर्ने भएको छ । कृषा चौलागाईंको निर्देशन रहने चलचित्रमा अभिमन्यू निरवीको लेखन र पुरुषोत्तम प्रधानको डीओपी रहनेछ ।
चलचित्रमा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया अनुबन्ध भइसकेका छन् । ‘जहाजैमा’ भदौबाट छायांकनमा जानेछ ।
उज्ज्वल गुरागाँइको निर्माण रहने चलचित्र नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १५:१९
प्रतिक्रिया दिनुहोस्