कला

काठमाडौं । नेपाली र हिन्दी भाषामा रिलिज हुने चलचित्र ‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने भएको छ ।
फागुन १ गतेबाट रिलिजमा आउने यो चलचित्र नेपालमा नेपाली भाषामा रिलिज हुनेछ भने भारत र पाकिस्तानमा हिन्दीमा प्रदर्शन हुनेछ ।
‘कल्ली’लाई भारतमा एम.के फिल्म डिस्ट्रिब्युटर र पाकिस्तानमा हिप्पो फिल्मसले वितरण गर्नेछन् । नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् ।
लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको ‘कल्ली’मा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारतीलगायत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १४:५२
प्रतिक्रिया दिनुहोस्