
काठमाडौं । व्यापार व्यवसायी एवम् प्रोफेसनल व्यक्तिहरूबीच लोकप्रिय सोसल मिडिया प्लेटर्फम लिङ्क्डेनले ७१६ कर्मचारी हटाउने घोषणा गरेको छ ।
लिङ्क्डेनका सीईओ रायन रोस्लान्स्कीले कर्मचारीहरूलाई पत्र लेख्दै कर्मचारी कटौतीको बारेमा जानकारी दिएका हुन् । उनले कम्पनीको सञ्चालनलाई सुव्यवस्थित गर्न सेल्स, अपरेसन र सपोर्ट विभागका कर्मचारी कटौती गर्ने बताएका छन् ।
कम्पनीको कामका लागि अब भेन्डरहरूको प्रयोग गर्ने र त्यसका लागि २५० नयाँ रोजगारी सिर्जना हुने उनको भनाइ छ ।
अहिले हटाइने कर्मचारीहरूले पनि ती नयाँ रोलमा आवेदन दिन पाउने कम्पनीका सीईओ रायन रोस्लान्स्कीको भनाइ छ ।
सन् २०२१ मा चीनबाट बाहिरिने घोषणा गरेको कम्पनीले अब त्यहाँ रोजगारीसमेत खुला नगर्ने बताएको छ । करिब २० हजार कर्मचारी रहेको लिङ्क्डेन कर्मचारी कटौती गर्ने पछिल्लो प्रविधि कम्पनी हो ।
विवनबाट ।