site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘अर्थमन्त्रीज्यू, छातीमा हात राखेर भन्नुस् त– यही आर्थिक नीतिले संकट सामना गर्न सकिन्छ ?’ 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले राजस्वले चालु खर्च पनि धान्न नसकिरहेको बताए । प्राथमिकतामा सबै विषयलाई छुन खोजिएको र विगतको भन्दा फरक नरहेको उनको भनाइ छ ।

उनले अर्थमन्त्री डा. प्रकाशरण महतलाई यही आर्थिक नीतिले संकटको सामना गर्न सकिन्छ ? भन्दै प्रश्न गरे ।

“अर्थमन्त्रीज्यू, छातीमा हात राखेर भन्नुस् त– यही सिद्धान्त र प्राथमिकताले, यही आर्थिक नीतिले अहिलेको आर्थिक संकटलाई सामना गर्न सकिन्छ ?,” लिङदेनले प्रश्न गरे ।

उनले सिद्धान्त र प्राथमिकतामा फितलो भएको बताए । आफूहरू देश बनाउने विषयमा सहयोग गर्न तयार रहेको उनले उल्लेख गरे ।

“यस्तो संकटका बेला अर्थतन्त्र कसरी चलायमान बनाउने ? कसरी आशा जगाउने ?,” लिङदेनले सोधे ।

प्रदेश खारेज नगरेसम्म अर्थतन्त्र ठिक ठाउँमा नआउने जिकिर उनले गरे ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro