site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाबाट ५० करोड डलरको हतियार किन्ने वार्तामा ताइवान
Sarbottam CementSarbottam Cement

काठमाडौं । ताइवानले संयुक्त राज्य अमेरिकाबाट यस वर्ष ५० करोड अमेरिकी डलरको हतियार किन्ने तयारी गरिरहेको बताइएको छ । अमेरिकाले ताइवानलाई उपलब्ध गराउने हतियार आपूर्तिमा ढिलाइ हुने भनिएका बेला यो द्रुत आपूर्तिका लागि भएको सम्झौता हो ।

यस्तोमा ताइवानका रक्षामन्त्री चिउ कुओ चेंगले सोमबार वाशिंगटनले द्रुतरुपमा हतियार आपूर्ति गर्न ताइपेईसँग छुट्टै प्याकेजमा छलफल गरिरहेको पुष्टि गरेका एनडीटीभीले लेखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सैन्य सहायता प्याकेजको बारेमा संसद्मा सोधिएको प्रश्नको जवाफ दिँदै चिउले ५० करोडको प्याकेज आपूर्तिलाई समयमै गर्ने गरी प्राथमिकता दिन भएको बताएका छन् । यो आपूर्ति यसै वर्षभित्र हुने र पुरानो सम्झौताहरुमा नजोडिने उनले बताए ।

स्वशासित टापु ताइवान चीनबाट निरन्तर आक्रमणको डरमा रहेको छ । चीनले ताइवानलाई आफ्नै देशको हिस्साका रुपमा हेर्छ र बल प्रयोग गरेर भए पनि कब्जा गर्ने भन्दै आएको छ ।

Global Ime bank

बेइजिङले ताइवानप्रति आक्रामकता बढाउँदै लगेको छ । अमेरिकाले गत सेप्टेम्बरमा ताइवान नीति ऐन अनुमोदन गर्दै टापुलाई अर्बौंको सहायता उपलब्ध गराउन तयार भएको छ ।

अमेरिकाले दशकौंदेखि ताइवानलाई हतियार बेच्दै आएको छ । यस्तोमा गत सेप्टेम्बरको ताइवान नीति ऐनले चार वर्षमा साढे चार अर्बको हतियार बेच्ने विषय उल्लेख गरेको छ । यो निर्णयले चीन झनैं रुष्ट बनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय