site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिथिला बिहारीमा एम्बुलेन्स किनियो, थन्क्याइयो
Tiktok banner adTiktok banner ad

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाले एम्बुलेन्स खरिद गरेको डेढ वर्ष बितिक्सदा समेत सञ्चालन गर्ने सुरसार छैन । तत्कालीन नगर प्रमुख अनिल यादवको अग्रसरतामा ०७८ असोजमा एम्बुलेन्स खरिद गरिएको थियो । करारमा चालक नियुक्ति गरी एम्बुलेन्स सञ्चालन गर्ने उनको योजना थियो ।

आफ्नो कार्यकालको अन्तिम वर्षमा एम्बुलेन्स खरिद गरिएको र अरू प्रक्रिया पूरा नहुँदा सञ्चालन गर्न नसकिएको निवर्तमान नगर प्रमुख यादव बताउँछन् । “टेन्डर भएपछि आपूर्ति कम्पनीले निर्माण कम्पनीलाई अर्डर दियो । एम्बुलेन्स बनेर आएपछि भन्सार प्रक्रियामै ५/६ महिना बित्यो,” उनले भने, “प्रदेशबाट अनुमति लिन नपाउँदै मेरो कार्यकाल सक्यो । नयाँ जनप्रतिनिधि आएपछि मतलबै राखेका छैनन् ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवले चालक अभावमा एम्बुलेन्स सञ्चालन गर्न नसकिएको सुनाए । एम्बुलेन्स सञ्चालन कार्यविधि बनाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट सिफारिस लिइए पनि प्रदेशबाट अनुमति पाउन नसकेको उनले बताए ।

PHOTO-2023-04-06-11-33-261683392209.jpg

नगर प्रमुख राजेन्द्रप्रसाद यादव राजनीतिक व्यस्तताका कारण त्यसतर्फ ध्यान दिन नपाएको तर्क गर्छन् । “चुनाव जितेर आएँ । फेरि अर्को चुनाव (संसदीय) आइदियो,” उनले भने, “यो वर्ष त चुनावमै बित्यो । अब चलाइन्छ ।”

नगर उपप्रमुख शोभादेवी साहले भने पालिकाको एम्बुलेन्सबारे अनविज्ञता प्रकट गरिन् । थन्केर बसेको एम्बुलेन्सबारे आफूलाई कुनै जानकारी नभएको उनले बताइन् ।

एम्बुलेन्स खरिद गरिँदा मिथिला बिहारी नगरपालिका र छिमेकी धनुषाधाम नगरपालिकाबीच सहयोगसम्बन्धी समझदारी भएको थियो । मिथिला बिहारीले धनुषाधाम नगरपालिकाको वारुणयन्त्र उपयोग गर्ने र धनुषाधामलाई मिथिला विहारीले एम्बुलेन्स उपलब्ध गराउने दुई नगरपालिकाबीच समझदारी भएको हो ।

सोही सहमतिअनुसार धनुषाधामले वारुणयन्त्र उपलब्ध गराउँदै आएको छ । तर, मिथिला बिहारीले एम्बुलेन्स सेवा धनुषाधामका नागरिकलाई त के आफ्नै नगरवासीलाई समेत दिन सकेको छैन ।

नगरपालिकाको कार्यालय परिसरमा एम्बुलेन्स पार्किङ गरी राखिएको छ । टिनको छानोमुनि पार्किङ गरिए पनि ‘कभर’ गरिएको छैन । नम्बर प्लेट समेत लेखिएको छैन ।

PHOTO-2023-04-06-11-35-121683392240.jpg

पुरानो हटाएर नयाँ भर्ना
पालिकामा नयाँ जनप्रतिनिधि आएपछि ०७९ साउनदेखि करारका सबै कमचारी हटाइएको थियो । त्यसपछि तीन ट्याक्टर, एउटा टिपर पनि खुला आकाशमुनि थन्क्याइएको छ । पालिकासँग यी मेसनरी समान भए पनि  १० महिनायता सोसम्बन्धी सेवा दिन सकेको छैन ।

यही वैशाख ११ गते पालिकाले पुनः करारमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।

गएको साउनमा हटाएकै पदमा पुनः कर्मचारी भर्ना गर्न लागिएको हो । नयाँ जनप्रतिनिधि आएपछि करारमा आफूअनुकूल व्यक्ति छनोट गर्ने गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro