site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब गुगल अकाउन्ट लगइन गर्न पासवर्ड नचाहिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । गुगलले क्रिप्टोग्राफिक पद्धतिमा आधारित लगइन प्रणालीका लागि पासकी सार्वजनिक गरेको छ । 

विभिन्न अकाउन्टको पासवर्ड याद गर्नुपर्ने झन्झटबाट पासवर्डरहित भविष्यतर्फ अघि बढ्दै गर्दा बिहीबारदेखि गुगलले सबै प्रयोगकर्ताका लागि पासकी खुला गरेको हो ।

यससँगै अब पासकी प्रणाली अपनाएर गुगलका प्रडक्टहरू जस्तो जिमेल,  युट्युब लगायतमा लगइन गर्न पासवर्ड हान्नुपर्ने झन्झटबाट मुक्त हुन सकिन्छ ।

पासकी गुगल, एप्पल, माइक्रोसफ्ट, र अन्य प्रविधिजन्य कम्पनीहरूले अघि सारेको पासवर्ड भन्दा थप सुरक्षित र सुविधाजनक विकल्प हो ।

पासकीले पासवर्ड हान्नु पर्ने, पिन राख्नुपर्ने वा टु फेक्टर अथोनिकेसन प्रणालीको ठाउँमा फिंगर प्रिन्ट, फेस लक वा मोबाइलमै भण्डारण हुने पिनको विकल्प उपलब्ध गराउँछ ।

के हो, कसरी चलाउने पासकी ?
सामान्य भाषामा भन्नुपर्दा गुगलको पासकी कुनै पनि प्रयोगकर्ताले चलाउने डिभाइसबाटै अनुहार पहिचान (फेस आईडी), फिंगरप्रिन्ट आईडी, पेर्टन वा पिनको प्रयोग गरेर लगइन गर्न अनुमति दिनेगरी बनाइएको प्रणाली हो ।

गुगलले आफ्नो खाताहरुमा लगइन गर्न बायोमेट्रिकमा आधारित पासकीलाई प्राथमिकता दिएको छ । तथापि, फेस आईडी र फिंगरप्रिन्ट सपोर्ट नगर्ने डिभाइसमा पिन वा पेर्टनलाई पनि पासकीका रुपमा प्रयोग गर्न सकिन्छ ।

गुगलको पासकी चलाउन अकाउन्ट सेटिंगमा गएर पासकी अन गर्न सकिनेछ । त्यहाँबाट चाहेको डिभाइस फिंगर प्रिन्ट, फेस लक वा मोबाइलको स्क्रिन लकलाई पासकीका रुपमा प्रयोग गर्न सकिन्छ । 

दोस्रो पटक वा दोस्रो डिभाइसमा लगइन गर्दा सोही डिभाइसबाट उक्त पासकी प्रयोग गर्नुपर्ने हुन्छ । अर्काे डिभाइसमा पनि पासकी सेट गर्न सकिन्छ ।

यो लिंकबाट पासकी राख्न सकिने गुगल अकाउन्टको पेजमा पुग्न सकिनेछ । पासकी प्रयोगकर्ताको फोनमा वा डिभाइसमा मात्रै रहने भएको हुँदा फिसिङ आक्रमणमा पासवर्ड जसरी यो चोरी हुन सक्ने सम्भावना हुँदैन । यसले पासकीलाई बढी सुरक्षीत बनाउँछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro