site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा उत्कृष्ट बजार बनाउँदै साओमी
Tiktok banner adTiktok banner ad

काठमाडौं । सन् २०१८ मा पहिलो पटक नेपाल भित्रिएको साओमीले छोटो समयमै नेपाली बजारमा विशेष स्थान बनाउन सफल भएको बताएको छ । 

विश्वव्यापी रुपमा नै सफलता हात पारिरहेका बेला साओमीले नेपालको स्मार्टफोन बजारमा सन् २०२० को तेस्रो त्रैमासिकमा पहिलो स्थान बनाएको थियो ।

अन्तर्राष्ट्रिय डाटा निगमका अनुसार उक्त त्रैमासिकमा नेपालमा बिक्री भएका शीर्ष दश स्मार्टफोनमध्ये चार ओटा साओमीकै थिए । सोही गतिलाई निरन्तरता दिँदै, साओमीले सन् २०२२ को चौंथो त्रैमासिकमा फेरि पहिलो नम्बरको स्मार्टफोन ब्रान्डको स्थान पाएको थियो ।

साओमीलाई नेपालमा लोकप्रिय बनाउन साओमी फ्यान कम्युनिटी, दर्शकहरूसँगको ब्रान्ड संलग्नता, हरेक मूल्य खण्डमा उत्कृष्ट उपकरण, ब्रान्ड वफादारी लगायतका कुरा रहेको कम्पनीको भनाइ छ ।

नेपालमा उपलब्ध फोनहरूमध्ये साओमीको रेडमी नोट सिरिज र रेडमी नम्बर सिरिज सबैभन्दा लोकप्रिय रहेका छन् । साओमीको पछिल्लो लन्चहरू जस्तै रेड्मी १२ सी, रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो फाइभजी पनि नेपालमा लोकप्रिय छ ।

साओमीले नेपाल भित्रिएदेखि नै समुदायको सेवा गर्न धेरै कल्याणकारी गतिविधिहरू गरेको बताएको छ । यसले अपांग विद्यार्थी संघ (डीएसए)का विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न विद्यालय आपूर्ति र शैक्षिक सामग्री वितरण गरेको बताएको छ । 

हालै मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी जस्ता अनाथालयहरूसँग सहकार्य गरेको कम्पनीले जनाएको छ । साओमीले आफ्नो ‘मी–शन शिक्षा हरेक हातमा’ अन्तर्गत बालबालिकाको कल्याणका लागि विभिन्न उपहारहरू वितरण गरेको जनाएको छ । 

साओमीले हालै एयर फ्रायर, मोसन लाइट सेन्सर, टीडब्लूएस इयरफोन, स्मार्ट टिभी, एयर प्युरिफायर र ल्यापटपलगायत धेरै उत्पादनहरू पनि नेपाली बजारमा भित्र्याएको छ । 

आफ्ना उत्पादनहरू देशभर वितरण गर्न आफ्नै आधिकारिक स्टोरहरू खोल्नुको साथै ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न देशभर सेवा केन्द्र खोलेको कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro