site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीका मुख्यमन्त्री पाण्डेले गरेको पहिलो निर्णय नै मापदण्ड विपरीत !
SkywellSkywell

पोखरा । गत शुक्रबार गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे र दुईजना बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शपथलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् बैठक बस्यो ।

उक्त मन्त्रिपरिषद् बैठकले गरेको एउटा निर्णय थियो– लिफ्टिङ खानेपानी र सिँचाइ योजनाको विद्युत महसुलमा शतप्रतिशतसम्म अनुदान दिने ।

पाण्डे नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले गरेको यो निर्णय मापदण्डविपरीत रहेको खुलेको छ । गएको पुस १४ गते प्रदेशको कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयले ‘लिफ्ट खानेपानी आयोजनामा विद्युत महसुल अनुदान सम्बन्धी मापदण्ड, २०७९’ वेबसाइटमा राखेको थियो । तत्कालीन समयमा कृषिमन्त्री रहेका मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफैँ यो मन्त्रालय सम्हालेका थिए । 

KFC Island Ad
NIC Asia

उनै पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट यो मापदण्ड स्वीकृत गरेका थिए । अहिलेको मन्त्रिपरिषद्ले गरेको पहिलो निर्णय पूर्वमुख्यमन्त्री पोखरेलले स्वीकृत गरेको मापदण्डविपरीत देखिएको हो ।

सरकारकी प्रवक्ता तथा बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले कृषि उत्पादन र उत्पादकत्व बढाउन लिफ्टिङ खानेपानी र सिँचाइ योजनाको विद्युत महसुलमा शतप्रतिशत अनुदान दिने निर्णय भएको बताइन् ।

Royal Enfield Island Ad

“जहाँ लिफ्टिङ खानेपानी छ, त्यहाँ पानी तान्दा जति महसुल लाग्छ, त्यसलाई पूर्णरूपमा नि:शुल्क गर्ने निर्णय भएको छ,” उनले भनिन् ।

तर, लिफ्ट खानेपानी आयोजनामा विद्युत महसुल अनुदानसम्बन्धी मापदण्ड, २०७९ अनुसार अनुदानग्राहीले पूर्णरूपमा विद्युत महसुल छुट पाउँदैनन् । प्रदेशभित्रका जनतालाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षित रूपमा खानेपानी सेवा पुर्‍याउने भन्दै मन्त्रालयले लिफ्ट खानेपानी आयोजनामा लाग्ने विद्युत महसुलमा अनुदान दिनका लागि मापदण्ड जारी गरेको थियो ।

मापदण्डको बुँदा नम्बर ७ मा स्थान तथा अनुदानग्राही छनोटका आधारको व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार छनोट हुने अनुदानग्राहीलाई विद्युत खपतको आधारमा अनुदान दिइने व्यवस्था गरिएको छ । मासिक रूपमा १५ हजार रुपैयाँसम्मको विद्युत खपत गर्ने अनुदानग्राहीले शतप्रतिशत अनुदान पाउँछन् ।

१५ हजार रुपैयाँभन्दा बढीको विद्युत खपत गर्ने अनुदानग्राहीले भने विद्युत खपतको आधारमा अनुदान पाउँछन् ।

१५ देखि ३० हजार रुपैयाँसम्मको विद्युत खपत गर्ने अनुदानग्राहीले कुल विद्युत महसुलको ७५ प्रतिशत अनुदान, ३० देखि ६० हजार रुपैयाँ सम्मको विद्युत खपत गर्नेले ५० प्रतिशत र मासिक ६० हजार रुपैयाँ भन्दा बढी विद्युत खपत गर्ने अनुदानग्राहीले कुल विद्युत महसुलको २५ प्रतिशतमात्र अनुदान पाउनेछन् ।

बजेट कम भएको अवस्थामा आलोपालो गरी आयोजनालाई अनुदान दिइने पनि मापदण्डमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले सबै आयोजनालाई शतप्रतिशत अनुदान दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले गरेको निर्णय मापदण्डको यही व्यवस्था अनुसार विपरीत भएको हो । मुख्यमन्त्री पाण्डेले नै अहिले यही मन्त्रालय सम्हालिरहेका छन् ।

कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयका सचिव इन्जिनियर डा. सन्तोष कैनीले मन्त्रिपरिषद्को निर्णय आफूले प्राप्त गरिनसकेको तर उक्त निर्णय भएको अवस्थामा भने मापदण्ड नै सच्याउनुपर्ने बताउँछन् ।

“मन्त्रिपिरषद्को निर्णयको कपी हामीकहाँ आइपुगेको छैन । त्योअनुसार निर्णय भएको हो भने हामीले मापदण्ड करेक्सन गर्नुपर्ने हुन्छ,” उनले भने ।

अनुदान पाउने लिफ्ट खानेपानी आयोजनालाई मन्त्रालय मातहतको कार्यालय अनुदान परिचयपत्र उपलब्ध गराउनुपर्ने हुन्छ । उक्त परिचयपत्रका आधारमा अनुदान उपलब्ध हुन्छ । अनुदानग्राही छनोट भइसकेपछि र परिचयपत्र प्राप्त भइसकेपछि उनीहरुले मासिक रूपमा भुक्तानी पाउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro