site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माग सम्बोधन गरे सबै समस्या समाधान हुन्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटकपटक छलफल भए पनि सत्तापक्ष गम्भीर नभएको बतएका हुन् ।

आफूहरूले उठाएका मागका बारेमा कांग्रेसका नेताहरू असहमत भएपछि सहमतिको वातावरण बन्न नसकेको उल्लेख गरे । 

Argakhachi Cement Island Ad

"भिजिट भिसा प्रकरण सानो घटना होइन । हामीले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरे पनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य छैन," उनले भने । 

सत्तापक्षले प्रतिपक्षीको माग सम्बोधन गरे सबै समस्या समाधान हुने स्पष्ट पारे ।

 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्