site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पहाडको विकास हुनेगरी बजेट ल्याउन देउवाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्ने बताएका छन् । 

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रूपमा पहाडमा विकास हुन नसकेका कारण बसाइँसराइ गर्नुपर्ने अवस्था देखिएको बताए । 

Argakhachi Cement Island Ad

देशका सबै भूभागमा विकास हुने गरी योजना बनाउनुपर्नेमा उनले जोड दिए । 

सभापति देउवाले जलवायु परिवर्तनको असर सबैभन्दा बढी नेपालमा पर्ने देखिएकाले त्यसको असर न्यूनीकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए । 

देशको विकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ ।

युवाहरू विदेश पलायन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा सभापति देउवाले जोड दिए । हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्