site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याटबट मानिस भन्दा बुद्धिमान हुनसक्ने एआईका पिताको चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमता (एआई) का पिताले एआईको विकासले खतरा बढ्नसक्ने चेतावनी दिएका छन् । 

७५ वर्षीय जेफ्री हिन्टनले एआईको विकासले खतरा बढ्नसक्ने चेतावनी दिँदै गुगलबाट राजीनामा दिएका हुन् ।

न्युयोर्क टाइम्ससँगको कुराकानीमा गुगलबाट राजीनामाको घोषणा गर्दै उनले आफ्नो कामलाई लिएर पश्चाताप भएको बताएका छन् ।

बीबीसीलाई उनले एआई च्याटबटका केही खतराहरू निकै डरलाग्दो भएको भनेका छन्, “जहाँसम्म मैले भन्न सक्छु तिनीहरू अहिले हामी भन्दा धेरै बुद्धिमानी छैनन् । तर मलाई लाग्छ कि तिनीहरू चाँडै हामी भन्दा धेरै बुद्धिमानी हुन सक्छन् ।” 

डा. हिन्टनले गुगलबाट राजीनामा दिनुमा आफ्नो उमेरले पनि भूमिका खेलेको भने स्वीकारेका छन् । उनको यो अवकाश लिने समय हो ।

डिप लर्निङ र न्यूरल नेटवर्कका क्षेत्रमा डा. हिन्टनको अग्रगामी अनुसन्धानले च्याटजीपीटी जस्ता वर्तमान एआई प्रणालीको विकासका लागि मार्ग प्रशस्त गरेको छ ।

ब्रिटिस–क्यानेडियन संज्ञानात्मक मनोवैज्ञानिक एवं कम्प्युटर वैज्ञानिकसमेत रहेका हिन्टनलेले च्याटबटले चाँडै नै मानव मस्तिष्कले भण्डार गर्नसक्ने जानकारीको स्तरलाई पछि पार्नसक्ने चेतावनी दिएका छन् ।

च्याटजीपीटी जस्ता एआई उपकरणहरुको विकासको गतिले यसको बारेमा चिन्ता गर्नुपर्ने स्थितिमा पुर्‍याएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro