
काठमाडौं । ट्विटर प्रयोगकर्ताले समाचार/लेख पढ्न अर्को महिनादेखि थप पैसा तिर्नुपर्ने कम्पनीका मालिक एलन मस्कले बताएका छन् ।
टेस्ला एवं स्पेसएक्सका सीईओसमेत रहेका मस्कले शनिबार ट्विट गर्दै मिडिया प्रकाशकहरूले ट्विटरमा प्रकाशन गरेका सामग्री पाठकले पैसा तिरेर मात्रै पढ्न सक्ने व्यवस्था उपलब्ध गराउने बताएका हुन् ।
विभिन्न सञ्चार माध्यमहरूमा मासिक एवं वार्षिक शुल्क तिरेर मात्रै आफ्ना प्रकाशनहरू पढ्न दिने पूरानो तरिका छ । तर, यो सुविधासँगै अब प्रयोगकर्तालाई प्रत्येक लेखको आधारमा शुल्क लगाइनेछ ।
“अर्को महिना सार्वजनिक हुने फिचरमा यो प्लेटफर्मले मिडिया प्रकाशकहरूलाई प्रत्येक लेखमा एक क्लिकका लागि मूल्य तोक्न सक्नेछन्,” मस्कले टिुवटमा लेखेका छन् ।
यसले मासिक सदस्यता तर, कहिले काहीँ समाचार पढ्न चाहनेहरूलाई फाइदा पुर्याउने छ । मासिक सदस्यता लिनु भन्दा यसरी समाचार पढ्दा पैसा भने बढी खर्च हुने मस्कको भनाइ छ ।
उनले यो मिडिया र पब्लिक दुवैका लागि जित भएको बताएका छन् । ४४ अर्ब अमेरिकी डलरमा कम्पनी खरिद गरेयता मस्कलले ट्विटरमा निकै परिवर्तन ल्याएका छन् ।
यस्तै, मस्कले यसै महिनादेखि क्रिएटरहरूलाई आफ्नो कन्टेन्ट हेर्न पैसा तिर्न पर्ने फिचर समेत उपलब्ध गराउँदै छ । प्रत्येक महिना २.९९, अमेरिकी डलर, ४.९९ र ९.९९ अमेरिकी डलरका तीन फरक शुल्क दर क्रिएटरहरूलाई उपलब्ध गराउनेछ ।
त्यस्ता क्रिएटरहरूको कन्टेन्ट हेर्न प्रयोगकर्ताले माथिमध्ये तोकिएको शुल्क तिर्नुपर्नेछ । १२ महिनासम्म यसरी उठेको कुनै पनि पैसा कम्पनीले नराख्ने र सबै क्रिएटरले नै पाउने मस्कले बताएका छन् ।