site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुवेतसँगको खेल रद्द हुँदा नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग खेल्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । वर्षाल प्रभावित कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि समूह चरणमा निकालेको नतिजाको आधारमा नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सुरु गर्न सम्भव भएन ।

योसँगै नेपालले समूह चरणमा निकालेको नतिजाको आधारमा फाइनलमा स्थान बनायो । नेपाल समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । अपराजित रहँदै नेपालले सात अंक जोडेको थियो ।

समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनलमा आएको कुवेतले समूह चरणमा ६ अंक जोडेको थियो । समूह चरणमा कुवेत युनाइटेड अरब इमिरेट्स (यूएई)सँग पराजित भएको थियो ।

शनिबार टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनाउँदा वर्षा भएपछि खेल दुई घण्टासम्म रोकिएको थियो । त्यसपछि पुनः सुरु भएको खेल निर्धारित ५० बाट ४२ ओभरमा झारिएको थियो ।

नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएपछि कुवेतले जितका लागि २८२ रनको लक्ष्य पाएको थियो ।

नेपालले अब उपाधिका लागि (यूएई)विरुद्ध खेल्नेछ । यूएईले शनिबारै भएको अर्को सेमिफाइनलमा ओमानलाई डीएल पद्दतिअनुसार दुई रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।

नेपालविरुद्ध कुवेतले वर्षाअघि नौ ओभरसम्म ब्याटिङ गर्दा कप्तान मोहम्मद अस्लमले १४ रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका करण केसीले पाँच विकेट लिए । करणले ४.३ ओभर बलिङ गर्दा एक मेडन राख्दै १० र नमात्र खर्चिए । सोमपाल कामीले पनि एक विकेट लिए ।

त्यसअघि, कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २८१ रन बनाएको थियो । कप्तान रोहितले ९४ रन बनाए । रोहितले ९५ बलमा सात चौका र तीन छक्का प्रहार गरे ।

कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्कासहित ५७ रन बनाए । रोहित र कुशलले चौथो विकेटका लागि १०९ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । ८०–३ को अवस्थाबाट यी दुईले १८९–४ को अवस्थामा पुर्‍याएका थिए ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, लगत्तै ८० रन जोड्दा नेपालले तीन विकेट गुमायो । आसिफ र कुशलले क्रमशः ४२ र ३१ रन जोडे । आरिफ शेखले १९ र सोमपाल कामीले अविजित १३ रन बनाए । ललितनारायण राजवंशी दुई रनमा अविजित रहे ।

नेपालबाट तेस्रो क्रममा आएका भीम सार्की एक रनमा पभेलियन फर्किएका थिए । सन्दीप लामिछाने पाँच रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी ‘डक’ भए । करण केसीले सात रन जोडे ।

यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी थिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको थियो ।

प्रिमियर कपको समूह ‘ए’मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार थिए । समूह ‘बी’मा हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro