site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भाइटीकाको दिनमात्रै पौने चार लाख किलो कुखुराको मासु खपत हुने, मूल्य नबढ्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नजिकिँदै गरेको दिपावालीसँगै कुखराको मासुको खपत बढ्दै गएको छ । कुखुरा व्यवसायीका अनुसार तिहारको भाइटीकाको दिन मात्रै समान्य दिनको तुलनामा ब्रोइलर कुखराको मासुको खपत २५ प्रतिशत बढ्ने देखिन्छ । राष्ट्रिय कुखरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर वेल्वासेले उक्त दिन उपत्यकामा ३ लाख ७५ हजार किलो ब्रोइलर कुखराको मासु खपत हुने बताए ।

संघका अनुसार अरु सामान्य दिनमा उपत्यकामा मात्रै दैनिक करिब ३ लाख किलो ब्रोइलर कुखराको तयारी मासु खपत हुने गरेको छ । त्यस्तै, मुलुकभर दैनिक ५ लाख किलोभन्दा बढी ब्रोइलरको मासु खपत हुने गरेको छ । प्रत्येक वर्ष कुखराको मासुको खपत १५ प्रतिशतले बढ्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले दिपावलीको लागि कुखुराको मासुको आपूर्तिमा कुनै समस्या नआउने सहज हुने बताए । “उपत्यकाका नजिकका स्थानहरु  नारायणगढ, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुलीलगायत जिल्लाहरुबाट मात्रै उपत्यकामा करिब ७० प्रतिशत कुखराको मासुको माग धान्ने गरेको छ,” उनले भने, “बाँकी ललितपुर, भक्तपुरलगायत उपत्यकाका जिल्लाहरु र चितवन लगायतका स्थानहरुबाट छिटफुट कुखुरा भित्रिने गरेको छ ।”

उनले गएको दशैंमा भने सामान्य दिनको तुलनामा ३० प्रतिशतले कुखराको मासुको खपतमा कमी आएको उनले जानकारी दिए ।

Global Ime bank

मासुकोे मूल्य नबढ्ने   

संघका अध्यक्ष बेल्बासेले कुखुराको मासुको माग बढी हुने दिपावलीमा पनि हालकै मूल्य कायम हुने दावी गरे । व्यवसायीका अनुसार अहिले उपत्यकामा ब्रोइलर कुखराको प्रतिकिलो तयारी मासु २८५ रुपैयाँ छ । मासुको माग बढी रहने भाइटीकामा समेत सोही मूल्य कायम रहने छ । “कुखरा पालक किसान तथा व्यवसायीहरुले चाडबाडलाई भनेर माग अनुसार उत्पादन बढाउने गरेका छन्,” वेल्वासेले भने, “खपतसँगै उत्पादन बढ्नाले दिपावलीमा समेत हालकैै मूल्यको हाराहारीमा ब्रोइलर कुखराको मासु उपलब्ध हुनेछ ।”

\\गएको ३ महिनाअघि असारको पहिलो सातासम्म ब्रोइलर कुखराको मासु उपत्यकामा प्रतिकिलो ३७० रुपैयाँसम्म थियो । त्यसपछि घटेर ३ सय रुपैयाँको हाराहारीमा झरेको थियो । सोह्रश्राद्धमा प्रतिकिलो २५५ रुपैयाँ हँुदै अहिले मूल्य घटबढ भई २८५ रुपैयाँ खुद्रा मूल्य कायम भएको व्यवसायीहरुले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय