site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै सकिएन गण्डकीको किचलो
SkywellSkywell

पोखरा । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्दैगर्दा उनले बिहीबार दिनको ४ बजेसम्मको लागि समयसीमा तोकेका छन् ।

तर, गण्डकीमा सत्ताको दाबीको किचलो भने अझै सकिएको छैन । सोमबार मात्रै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवाले गण्डकीको मुख्यमन्त्री सुरुमा कांग्रेसलाई दिने सहमति गरेका थिए ।

सोमबार नै गण्डकीमा कांग्रेसको सरकार बनाउनका लागि दबाब दिन काठमाडौं डेलिगेसन गएका कांग्रेसका प्रदेश सांसदहरूले गण्डकी र लुम्बिनी कांग्रेसले पाउने सहमति भएको सुनाएका थिए । कांग्रेसले संविधानको धारा १६८ उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने दबाब सिर्जना गर्नको लागि कांग्रेस सभापति र प्रधानमन्त्रीलाई संयुक्त भेट गरेका थिए ।

KFC Island Ad
NIC Asia

तर, शीर्ष नेताहरूले उपधारा ३ अनुसार सरकार गठनको सट्टा २ अनुसार नै गर्ने र सुरुमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति गरे । त्यसपछि मंगलबार कांग्रेसका अधिकांश सांसद पोखरा फर्किएका छन् भने केही सांसद बुधबार फर्किनेछन् ।

उनीहरू फर्किएपछि माओवादी सांसदसहितको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा जाने तयारी कांग्रेसको छ ।

Royal Enfield Island Ad

“बिहीबारसम्मको समय छ । माओवादी साथीहरूसँग बसेर एकपटक छलफल गर्छौं । त्यसपछि कति बजे जाने भन्ने निर्णय होला,” कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले भने । 

तर, माओवादीले सरकारको नेतृत्वको आफैँले पाउनुपर्ने अडान अझै छाडेको छैन । मंगलबार नै माओवादी केन्द्र संसदीय दलको बैठक पनि बस्यो । उक्त बैठकले सरकारको दाबी नछाड्ने र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई भेट्नुपर्ने निर्णय गर्‍यो । संसदीय दलको बैठकबाट सोही निर्णय गराएर माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान भने मंगलबार साँझ नै काठमाडौं लागेका छन् ।

“मलाई अध्यक्षज्यूसँग स्पष्ट हुनु छ, दलका नेताहरू बसेर पहिलो पालो हाम्रो भनेर भनेको हो । फेरि अर्को कुरा किन भयो भन्ने क्लियर पार्नुपर्‍यो । कसरी जाने भन्ने पनि क्लियर गर्नुपर्‍यो.” उनले भने ।

सरकार गठनका लागि कांग्रेसले संयुक्त बैठक आह्वान गरे पनि चुमान भने दलका अन्य नेता सहभागी हुने बताएका छन् ।

“अघि साँझ बैठक बसौँ भन्नुभएको थियो, मैले हाम्रा साथीहरू बस्नुहुन्छ भनेको छु,” चुमानले भने ।

माओवादीले दाबी नछाडे पनि माओवादीकै एक सांसदले भने अब गण्डकीमा कांग्रेसको सरकार बन्ने निश्चितजस्तै रहेको बताए । 

"कांग्रेसकै नेतृत्वमा सरकार बन्ने निश्चित जस्तै हो, एक किसिमको सहमति भइसकेको छ, उहाँ (हरि चुमान) जानुभएको होला, तर अब फरक पर्दैन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  २१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro