site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेश : धारा १६८ (२) को सरकार, सुरेन्द्र मुख्यमन्त्री !
फाइल तस्बिर।
SkywellSkywell

पोखरा । गण्डकी प्रदेशमा संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठन हुने भएको छ । यसअघि, सोही उपधारा अनुसार पुस २५ गते नेकपा (एमाले)का खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

तर, केन्द्रमा राजनीतिक समीकरण फेरिँदा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरु चैत १० गते उनको सरकारबाट बाहिरिए । माओवादी सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत मागेका थिए ।

तर, प्रष्ट अल्पमतमा रहेका अधिकारीले विश्वासको मत नपाउँदा उनको सरकार ढल्यो । धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारी नेतृत्वको सरकार ढलेपछि अब उपधारा २ अनुसार नै सरकार बन्छ वा उपधारा ३ मा जान्छ भन्नेमा बहस सुरु भएको थियो ।

KFC Island Ad
NIC Asia

धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेपछि र विश्वासको मत पाउन नसकेपछि अब उपधारा (३) अनुसार सरकार बन्नुपर्ने एमालेको तर्क छ । तर, प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरुलाई आह्वान गरिसकेका छैनन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दलहरुलाई आह्वान गर्दा संविधानको धारा १६८ को उपधारा पनि खुलाउनुपर्ने हुन्छ । अब बन्ने कांग्रेस र माओवादीसहितको गठबन्धनको सरकारमा पहिलो नेतृत्व पनि कांग्रेसले नै गर्ने भएको छ ।

Royal Enfield Island Ad

सोमबार शीर्ष नेताहरुलाई दबाब दिनका लागि काठमाडौँ गएका एक सहभागीका अनुसार गण्डकीमा पहिले नेतृत्व कांग्रेसले लिनेबारेमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको छ ।

उक्त सहमतिअनुसार गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । यहाँको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि सशक्त दाबी थियो । पहिलो नेतृत्व आफूले लिनुपर्ने भन्दै माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीका शीर्ष नेताहरुसँग बाक्लै भेटघाट र दबाब सिर्जना गरेका थिए । नेतृत्वले पनि सुरुमा पाउने बताएपछि चुमान ढुक्क भएर पोखरा फर्किएका थिए ।

तर, कांग्रेसका सांसदहरुको डेलिगेसनपश्चात सोमबार प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले गण्डकीमा सुरुको नेतृत्व कांग्रेसलाई दिने सहमति गरेका हुन् ।

कांग्रेसले भने उपधारा ३ अनुसार सबैभन्दा ठरुलो दलको हैसियतमा मुख्यमन्त्री स्वतः नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रहसमेत गरेको थियो । तर, गण्डकीमा उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्दाबित्तिकै लुम्बिनीमा पनि सोही उपधारा लगाएर एमाले पुनः सत्तामा फर्किने देखेपछि शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पनि लुम्बिनी र गण्डकीमा एउटै उपधाराअनुसार सरकार बन्ने बताएका छन् । आइतबार पोखरा फर्किनुअघि काठमाडौं रहेका गुरुङले कुन उपधाराअनुसार सरकार गठनको लागि आह्वान गर्ने भन्ने बारेमा गठबन्धनका कांग्रेस र माओवादी शीर्ष नेतृत्वसँग छलफल गरेका थिए ।

“हिजो (आइतबार) मेरै रोहवरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुरजी, पूर्णबहादुर खड्का, रमेश लेखक, शक्तिबहादुर बस्नेत, रेखा शर्माहरुसँग धारा १६८ (२) र (३) मध्ये कुनबाट अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो,” गुरुङले भने, “मलाई चाहिँ सर्वोच्चको नजिर, लुम्बिनी प्रदेशमा अभ्यास भइसकेको नजिरले गर्दा संसद्मा बहुमतको सम्भावना रहुन्जेल उपधारा ३ मा जान उपयुक्त हुँदैन, २ अनुसार नै जाने सहमति भएको थियो । लुम्बिनी र गण्डकीमा एउटै उपधाराअनुसार अगाडि जानुपर्छ भन्ने कुरा भएको छ ।”

संविधानको कुन उपधारा समातेर अगाडि बढ्ने विषयमा टुंगो लागे पनि मुख्यमन्त्री को बन्ने भनने विषय अनिर्णित हुँदा गण्डकीमा तीन दिनसम्म पनि सरकार गठनको लागि प्रदेश प्रमुखले आह्वान गर्न सकेका थिएनन् । सोमबार शीर्ष नेतृत्वले मुख्यमन्त्रीको टुंगो लगाएपछि मंगलबार नै प्रदेश प्रमुखले सरकार गठनको लागि दलहरुलाई आह्वान गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro