site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
SkywellSkywell

नेपाल वायुसेवा निगम (नेवानि) यसरी थला पर्नुको एउटा र सायद मुख्य कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुचित अस्वाभाविक हस्तक्षेप पनि हो । अख्तियारकः डर नभएकाले नै नेवानि डुब्दा निजी क्षेत्रका वायुसेवाले राम्रो प्रगति गरेका हुन् । 

अख्तयारको हस्तक्षेपका कारण विमान खरिदजस्ता प्रक्रिया बेलैमा र स्वतन्त्रतापूर्वक अगाडि बढाउन नपाउँदा निगम सधैँका लागि थला पर्न पुग्यो । दुर्भाग्य, त्यसबाट पाठ सिकेर सार्वजनिक क्षेत्रका व्यवसायलाई स्वतन्त्रता दिनुको साटो सरकार त निजी क्षेत्रको नियमनसमेत अख्तियारलाई सुम्पने ऐन बनाउँदै छ ।

Dabur Nepal
NIC Asia

देशको अर्थतन्त्र सङ्कटमा छ । सङ्कटको एउटा मुख्य कारण निजी क्षेत्रको व्यवसाय विस्तार हुनुको साटो खुम्चनु पनि हो । राज्यप्रति विश्वस्त हुन नसकेर देशभित्र लगानी गर्ने उत्साह व्यवसायीले नदेखाएका हुन् । देशभित्रको निजी क्षेत्रले विश्वास र लगानी नगरेको देशमा वैदेशिक लगानी बढ्छ भन्ने ठान्नु दिवास्वप्नमात्रै हुन्छ ।

निजी क्षेत्रले प्रतिस्पर्धा गर्न तत्काल निर्णय गर्न सक्छ भने ऊ त्यसका लागि अरू कसैप्रति जबाफदेही हुन पनि पर्दैन । यसैले सार्वजनिक क्षेत्रका तुलनामा निजी क्षेत्र बढी प्रतिस्पर्धी र सफल भएको हो । अख्तियारलाई निजी क्षेत्रका खातापाता केलाउन थाल्ने अधिकार दिइयो भने उद्यमी व्यवसायी पनि प्रक्रियाको बन्दी बन्न बाध्य हुनेछन् र प्रतिस्पर्धा हराउनेछ ।

सिद्धान्ततः निजी क्षेत्रको व्यवसायलाई राज्यको नियमन गर्न सक्छ तर नियन्त्रण गर्न पाउँदैन । यस मान्यताविपरीत गएपछि अर्थतन्त्र पनि  खुला रहँदैन । निजी क्षेत्रमा अख्तियारको प्रवेश हुनु नेपालको स‌विधान, २०७२ ले प्रत्याभूत गरेको स्वतन्त्रतामा पनि राज्यले अतिक्रमण गरेको ठहरिनेछ ।

व्यावहारिक दृष्टिबाट पनि निजी क्षेत्रमा अख्तियारको प्रवेश अनुपयुक्त र विध्वंशकारक हुनेछ । अख्तियारका पदाधिकारीको छनोटमा हुने भागबन्डाको अभ्यास र विगतमा देशले भोगेको विकृतिको उदाहरणसमेत हेर्दा यसले देशको अर्थतन्त्रमै आत्मघाती प्रभाव पार्नसक्ने देखिन्छ ।

निजी क्षेत्रको सफलताको ईर्ष्या र राज गर्ने रहरमा निजी क्षेत्रलाई ‘तह लगाउन’  कर्मचारीको लहैलहैमा यस्तो अनुदार विधेयक तयार गरिएको हुनुपर्छ । परिपक्व मानिने सांसदहरूको थलो राष्ट्रिय सभामा त्यस प्रकारको अपरिपक्व र अनुचित संशोधन विधेयक कसरी पारित भयो आश्चर्यको विषय हो ।

देशको अर्थतन्त्रलाई थप कमजोर हुनबाट जोगाउनका लागि अब प्रतिनिधि सभाका सदस्यहरूले विवेक प्रयोग गर्नुपर्छ । कम्तीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो स‌शोधन) विधेयक पारित गर्नुभन्दा पहिले निजी क्षेत्रका प्रतिनिधि उद्यमी व्यवसायीसँग गहन छलफल गरी उनीहरूको सल्लाह स्वीकार गर्नु उचित हुनेछ । अर्थतन्त्रलाई अहिलेको सङ्कटबाट मुक्त गर्न थप सङ्कुचन र नियन्त्रण प्रत्युत्पादक हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu