site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेका जंगलमा डढेलो, सचेत रहन आग्रह
मोरङको बेलबारी–१०, भाउनेमा रहेको सिंहदेवी सामुदायिक वनमा लागेको डडेलो । तस्बिर ः गोपाल काफ्ले÷रासस ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तीन जंगलमा गए रातिदेखि डढेलो लागेको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा डढेलो लागेको गाउँपालिकाले जनाएको छ ।

डढेलोबाट भौतिक एवं मानवीय क्षति नभए पनि जंगलका रुखबिरुवा नष्ट भइरहेको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जंगलमा पनि डढेलो लागेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।

“आगलागीको कारण खोज्दै छौँ । जंगलको आगो बस्तीतर्फ आउन सक्ने बारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ,” थिङले भने ।

गएको सोता तेमाल गाउँपालिकाको ८ र ९ नम्बर वडास्थित मेच्छे जंगलमा लागेको डढेलो स्थानीय र सुरक्षाकर्मीद्वारा तीन दिनमा नियन्त्रणमा लिइएको थियो । उक्त डढेलोबाट निजी वनमा रोपिएका करिब दुई हजार कटहरका बिरुवा समेत नष्ट भएको स्थानीय सुकुमान तामाङले बताए ।

गएको चैतमा पनि गाउँपालिकाका केही जंगलमा डढेलो लागेको थियो । त्यसपछि गाउँपालिकाले सुक्खायाममा आगलागीजन्य सामग्रीको अत्यावश्यकबाहेक अरू कामकाजमा प्रयोग नगर्न, डढेलो हुन नदिन तथा त्यसबाट बच्न सचेतनामूलक अपिल गरेको थियो ।

त्यस बेला डढेलोबाट सबैभन्दा बढी वडा नम्बर–५ स्थित जंगलमा रुख, बिरुवा क्षति भएको गाउँपालिकाले जनाएको छ । सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा केही दिनमा डढेलो नियन्त्रणमा लिइएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro