site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू प्रधान न्यायाधीश नियुक्त गर्ने क्रममा संवैधानिक परिषद्को बैठक बोलाउन सहमत भएका छन् । प्रधान न्यायाधीश तत्काल नियुक्त गर्न नेपाल बार एसोसियसनलगायतले सरकारको ध्यानाकर्षण गरेको धेरै भइसकेको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा ९एमाले०का अध्यक्ष खड्गप्रसाद ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमवार प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न सहमत भएका हुन् । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री र विपक्षी दलको नेता सदस्य हुने व्यवस्था छ ।

त्यसो त नेपालको संविधानको धारा २८४ अनुसार गठन हुने संवैधानिक परिषद्मा प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपसभामुखसमेत सदस्य हुन्छन् । तर, परिषद्लाई केही वर्ष यता विसङ्गत र निष्क्रिय बनाउन भने यिनै तीन नेता बढी जिम्मेवार थिए ।  

संवैधानिक परिषद्को बैठक नबसेकै कारण प्रधान न्यायाधीशको पद रिक्त रहेको लामो समय भइसक्यो । त्यसअघि खासै व्यवधान नभएको परिषद्को कामकाज ओलीले प्रधानमन्त्रीका हैसियतमा संविधानको अक्षर र भावनाविपरीत अध्यादेशबाट ऐन संशोधन गराएपछि खलबलिएको थियो ।

प्रधान न्यायाधीश पदको गरिमा कमजोर गराउन भने देउवा र दाहाल बढी दोषी छन् । पहिलो, तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध विनाकारण महाभियोग प्रस्ताव दर्ता गराएर र दोस्रो चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गराएको महाभियोगमा छलफलै नगराई तुहाएर तिनले अक्षम्य गल्ती गरेका छन् ।

यसैले अब देउवा, ओली र दाहालले नै अहिले बिथोलिएको संवैधानिक प्रक्रियालाई सही बाटामा ल्याएर आआफ्नो गल्ती सच्याउनुपर्छ । मूलतः ओलीले परिषद्को ऐनमा अध्यादेशमार्फत् संविधानको अक्षर र भावनाविपरीत परिवर्तन गरेपछि सुरु भएको विकृति अब हटाउनुपर्छ ।  

संवैधानिक परिषद्को संरचना हेर्ने हो भने यसको गरिमा र औचित्य स्पष्ट हुन्छ । राज्यका संवैधानिक अङ्गमा नियुक्त गरिने पदाधिकारी यथार्थमै राष्ट्रिय व्यक्तित्व होऊन् भनेर नै राज्यका सबै अङ्गका प्रमुखको सहभागिता भएको परिषद् बनाइएको सहजै बुझिन्छ ।

प्रधान न्यायाधीशको नियुक्तिमा वरीयताको सम्मान गर्ने परम्परा कायम राखिएमा न्यायपालिका भने केही हदसम्म लयमा फर्कनेछ । यस्तै, संवैधानिक पदाधिकारीमा दलका कार्यकर्तालाई जागिर खुवाउन छाडेर संविधानको भावनाअनुसार सहमतिमा योग्य व्यक्ति  नियुक्ति गर्ने पारदर्शी अभ्यास पनि थाल्नुपर्छ । 

चाकरीदारको घेरा तोडेर योग्य व्यक्तिको खोजी गर्ने हो भने पूर्वछलफलको चलन थाल्न पनि सकिन्छ । प्रस्तावित व्यक्तिहरूका बारेमा जनतालाई नै राय दिने मौका दिने हो भने योग्य व्यक्तिको छनोट अपेक्षाकृत सहज हुनेछ ।

आशा गरौँ, ओली निवासमा भएको सहमति कार्यान्वयन हुनेछ र नेताहरू अब राजनेता बन्ने दिशामा अगाडि बढ्नेछन् । देउवा, ओली र दाहाल अब लामो समय सक्रिय हुन पक्कै सक्तैनन् । यसैले दलगत स्वार्थ र आसेपासे पोस्ने बानी त्यागेर देश हितमा लोकतान्त्रिक संस्कृति बनाउन ढिलो नगर १
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro