site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

प्रदूषण बढेर काठमाडौंको जनजीवन जोखिममा परेको बेला स्थानीय र संघीय सरकारका हर्ताकर्ता भने साँघु तर्न लाग्दा जुघ्ने भेडाँजस्तो अड्डी कसेर बसेको देखिएको छ । दुर्भाग्य, जनताको स्वास्थ्यभन्दा यिनले त आआफ्नो जिद्दीलाई पो प्राथमिकता दिए ।  

एकातिर धुलो र धुवाँका कारण राजधानीको हावा सास फेर्नै नहुने हदमा विषाक्त बनेको छ । अर्कोतिर, काठमाडौं महानगरपालिकाका प्रमुख भने यही नै बेला राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, सि‌हदरबारलगायतका स्थानबाट फोहोर नउठाउने अराजक जिद्दीमा अडिएका छन् ।

सिंहदरबारको सरकारले उनले खोजेकोजस्तो सहयोग गरेन होला । काठमाडौं महानगरपालिकाका बासिन्दाको हितका लागि महानगर प्रमुखले दबाब दिनु पनि गलत होइन । त।, उनले अपनाएको तरिका भने कुनै सभ्य महानगरको प्रमुखलाई सुहाउँदो भएन ।

Agni Group

संघीय सरकारलाई असहयोग नै गर्नुछ भने पनि महानगरको कार्यपालिकाबाट निर्णय गरेर विधिपूर्वक गर्नुपर्थ्यो । नगरभित्रका प्रमुख स्थानहरूमा फोहोर थुपारेर तमासा देखाउने उनको शैली न सभ्य हो न विधिसम्मत नै देखिन्छ ।

यसैगरी, नगरभित्रका सडकहरू धुलाम्य धराप भएकाछन् । धारामा पानी आउँदैन तर पाइपहरू फुटेर जताततै पानीको भल देखिन्छ । वायु प्रदूषणमा ठमाडौंले संसारलाई नै उछिन्न थालेको छ । महानगरपालिका प्रमुख भने फोहोरी घुर्कीमा रमाएका छन् । 

Global Ime bank

आफ्नै कार्यालय र निवासभित्र फोहोरको डु‌ङ्गुर थुप्रिँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले समस्या समाधानमा चासो देखाएजस्तो देखिएन । प्रधानमन्त्री दाहालको उदासीनताले महानगरपालिका प्रमुख बालेन शाहलाई आफूले जितेजस्तो लागेको हुनसक्छ । 

यस्तै अराजक प्रवृत्ति र शैली बढ्न थाल्यो भने संघीयताप्रति नै जनतामा वितृष्णा बढ्न सक्छ । त्यसको परिणाम दुःखद पनि हुनसक्छ । यही अराजकताको बहानामा स्थानीय तहमा रहेको अधिकार कटौती गरियो भने  काठमाडौं महानगरपालिका त्यसमा लागि दोषी ठहरिनेछ । 

यसैले प्रमुख शाहका अराजक शैलीबाट पुगेको क्षति कम गर्न संघीय संसद्ले केही गर्नुभन्दा पहिले काठमाडौं महानगरपालिकाका उपप्रमुखलगायत निर्वाचित जनप्रतिनिधिहरूले अग्रसरता लिनुपर्ने देखिन्छ । महानगरपालिका संघीय सरकारसँग सिँगौरी खेल्न छाडेर यहाँका बासिन्दाको जनजीवन सहज बनाउने जिम्मेवारीमा लागेको देख्न पाइयोस् ।

सडकमा धुलो र हिलो कम गर्न आवश्यक उपायहरू अपनाउनुका साथै सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गरेर काठमाडौंको हावामा ढुक्कसँग सास फेर्न सकिने बनाउनु अहिले महानगरको प्रमुख दायित्व हो । नबिर्सौँ, महानगरपालिका प्रमुखका साथै सबै निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC