अर्थ व्यवसाय

काठमाडौं । रियलमीले ओटाकु जात्रामा सहप्रायोजन गरेको छ । ओटाकु जात्रा एनमी, कमिक्स, गेम र पप कल्चर प्रेमीहरूका लागि सबैभन्दा ठुलो फेस्ट हो ।
ओटाकु जात्रा नववर्षको दिनमा शुक्रबार दरबारमार्गस्थित अन्नपूर्ण होटलमा हुँदै छ ।
केही वर्षदेखि हरेक वर्ष आयोजना भइरहेको यस इभेन्टमा कस्प्ले प्रतियोगिता, गेमिङ टुर्नामेन्ट, वर्कसपका साथै लोकप्रिय एनमी र म्याङा आर्टिस्टहरूको कला प्रदर्शन पनि हुने गर्छ ।
ओटाकु जात्राको सहप्रायोजकको साथै रियलमी यस इभेन्टको अफिसियल स्मार्टफोन पार्टनर हो । यस इभेन्टमा रियलमीले आफ्ना रियल फ्यानहरूका लागि विभिन्न रमाइला गेमिङ कार्यक्रमहरू र अन्य अन्तर्क्रियात्मक कार्यक्रमहरू पनि गर्दै छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८० १६:५२
प्रतिक्रिया दिनुहोस्