site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सरकारी पेमेन्ट गेटवे सम्झौताको पाँच वर्षसम्म पनि सञ्चालनमा आएन

काठमाडौं । सरकारी पेमेन्ट गेटवे सम्झौताको पाँच वर्षसम्म पनि सञ्चालनमा नआएको महालेखा परिक्षकको प्रतिवेदनले जनाएको छ ।

सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै विद्युतीय प्रणालीमार्फत् सरल र प्रभावकारी रूपमा सम्पादन गर्ने प्रयोजनका लागि सञ्चालनमा ल्याउने भनिएको गेटवे सञ्चालनमा नआएको प्रतिवेदनमा उल्लेख छ । 

सूचना प्रविधि विभागले सरकारी निकाय सञ्चालनसम्बन्धी एकीकृत विद्युतीय प्रणालीको स्थापना गर्ने गरी काम अघि बढाएको थियो । 

मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने उद्देश्यले राष्ट्रिय पेमेन्ट गेट वे सञ्चालनमा ल्याउन २०७५ असार १९ मा १९ लाख ८८ हजार अमेरिकी डलरको खरिद सम्झौता भएको थियो ।

सम्झौताअन्तर्गत हालसम्म १८ लाख ६७ हजार अमेरिकी डलर भुक्तानी भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । तर, सम्झौता भएको करिब पाँच वर्ष बितिसकेको र सम्झौता अंकको ९३.८६ प्रतिशत भुक्तानी भइसक्दा समेत पेमेन्ट गेटवे सञ्चालनमा नआएको प्रतिवेदनमा उल्लेख छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro