site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

धेरै कर बुझाउने ठूला व्यवसायीका गुनासोमा शासकहरूको ध्यान छिटो जानु अस्वाभाविक वा अनुचित होइन । उनीहरू करका स्रोत हुन् । राजनीति नेतालाई चन्दा पनि तिनैले दिन्छन् । तिनका कुरा नसुनी हुन्छ र रु

अर्कातिर, साना व्यवसायीमध्ये कतिले त करै तिर्दैनन् । तीमध्ये कतिपय राज्यको सूचना प्रणालीमा समेटिएकै नहोलान् । यसैले तिनका समस्यामा ध्यान नदिए पनि केही फरक नपर्ने सोच राजनीतिक नेतृत्व र कर्मचारीमा रहेको छ । 

यही सोचका कारण अहिले देशैभर साना व्यापारी र उद्यमीहरूको बिचल्ली भएको छ । तिनको व्यवसाय खस्केको उदाहरण हेर्न चाहनेहरूले काठमाडौं उपत्यकाका तीनै सहर घुमेर हेरे पनि हुन्छ । जताततै व्यवसाय बन्द भएको सङ्केत देखिन्छ ।

साना व्यवसायीले मन्दीसमेतका कारण भोग्नु परेको समस्याको सरकारले बेवास्ता गरेकाले नै उनीहरू धमाधम व्यवसाय छाड्न बाध्य भएका हुन् । कोरोनाले थला पारेको व्यवसाय तंग्रिन नपाउँदै देखिएको मन्दीले सम्भवतः उनीहरूलाई उठ्नै नसक्ने बनायो ।

शासकहरूले के बिर्से भने साना व्यवसायी नै ठूला उद्योग व्यापारका ‘जीवन रेखा’ हुन् । उनीहरूले नबेच्ने हो भने उपभोक्तासम्म कुनै उत्पादन पनि पुग्दैन । प्रकारान्तरले साना व्यवसायी नै राजस्व सङ्कलन हुने आधार हुन् ।

राज्य संयन्त्रमा मात्र होइन उद्यमी व्यवसायीका संस्थाहरूमा पनि साना व्यवसायीको पहुँच र प्रतिनिधित्व बिरलै हुन्छ । यसैले उनीहरूको गुनासो पनि सुनिदैन । सरकारले बेलाबखत दिने सहयोग र सुविधा पनि साना व्यापारीले पाउँदैनन् ।

अहिले उपत्यकाका सहरहरूमा जताततै पसल कवल खाली भएको सूचना देखिन्छ । यसरी पसल खाली हुँदै गए भाडामा लगाएर गुजारा गर्नेहरूको पनि आम्दानीको स्रोत सुक्नेछ । अनि घर बनाउन रिन दिने बैंकहरूको पैसा पनि उठ्नेछैन ।

साना व्यवसायीलाई यसरी डुबाउनेमा सहकारी र लघुवित्तहरू पनि प्रमुख कारक बनेका छन् । दिनहुँ पसलमै आएर रकम सङ्कलन गर्ने र ब्याज पनि दिने हुनाले साना व्यवसायीले सहकारीको भर परे । कतिपय सहकारीले व्यवसायीको पैसा खाइदिए । प्रेम आचार्यजस्ता पात्र यस्तै बाध्यता र बेवास्ताका उपज हुन् ।

अर्थात्, राज्यले सहकारीको अनुगमन गर्न नसक्दा र ठूला व्यवसायीसरह संरक्षण नगर्दा अहिलेको सङ्कट उत्पन्न भएको हो । अर्थमन्त्रीले ठूला व्यवसायी र कर्मचारीको घेराबाहिर निस्केर साना व्यवसायीका समस्या सुन्ने हो भने साना उद्योग र व्यवसायको पुनरुत्थान हुनसक्छ ।

आर्थिक चक्रको कडी एकअर्कामा जोडिएको हुन्छ । जनसाधारणको जीविकासँग प्रत्यक्ष जोडिएको हुनाले साना व्यवसायलाई जोगाउनु त जरुरी छ नै राजस्व र ठूला उद्योग तथा व्यापार जोगाउन पनि तिनको पुनरुत्थान अपरिहार्य छ । सरकारले यसलाई प्राथमिकता दिनुपर्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro