site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

व्यक्ति वा परिवारले कमाउन नसके खर्च घटाएर हिसाब मिलाउँछन् । कटौती गर्दा सबैभन्दा पहिले नभए पनि काम चल्ने खर्च बन्द गर्छन् । यो टाट नपल्टने सजिलो र भरपर्दो उपाय हो ।

राज्यले पनि टाट पल्टिनुबाट जोगिने हो भने अल्पकालका लागि अपनाउने उपाय खर्च कटौती नै हो । फरक यत्ति हो राज्य चलाउनेहरू नै फजुल खर्चका मूल लाभग्राही भएकाले उनीहरू प्रायः कटौतीका पक्षमा इमानदार हुँदैनन् ।

चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्बभन्दा बढी राजस्व उठाउने लक्ष्यमा चैत २० गतेसम्म ६ खर्ब ५८ अर्ब ४९ करोडमात्र संकलन भएको छ । आमदानी लक्ष्यभन्दा आधा नहुँदा पनि सरकारी फजुल खर्च भने रोकिएको छैन । चालु आर्थिक वर्षको ९ महिनासम्मै राज्यको आमदानीभन्दा हरेक महिना खर्च धेरै भएको रहेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

शासकहरू देशप्रति इमानदार भएको भए लक्ष्यअनुसार राजस्व नउठेपछि कम्तीमा ६ महिना पहिलेदेखि नै खर्च कटौती सुरु हुनुपर्थ्यो । राजनीतिक नियुक्ति पाउनेहरूको तलबभत्तामा कटौती, सल्लाहकारका नाममा कार्यकर्ता भर्ती बन्द गरेर सरकारले सङ्केत देखाउन सक्थ्यो ।

एकातिर, लक्ष्यअनुसार राजस्व नउठ्दा सरकारी खर्च धान्नै कठिन भएको छ । अर्कातिर, वैदेशिक सहायता र ऋण पनि अपेक्षाअनुसार प्राप्त नभएपछि विकास निर्माणमा हुने खर्च पनि कम भएको छ । 

Global Ime bank

यसबाट राजस्व सङ्कलनमा नकारात्मक प्रभाव पर्छ भने विकास निर्माण प्रभावित हुन्छ । अर्थात्, प्रक्षेपित राजस्व सड्कलन नहुने र विकास निर्माण प्रभावित हुने दुश्चक्र निरन्तर रहन्छ । यस्तो दुश्चक्र नतोड्ने हो भने स्थिति भयावह हुनसक्छ ।   

आर्थिक वर्षको अन्त्यतिर राजस्व सङ्कलनमा सामान्य सुधार भए पनि चमत्कारै त पक्कै हुँदैन । यसैले अहिले अर्थतन्त्रमा देखिनसक्ने सङ्कट टार्ने सरल उपाय फजुल खर्च कटौती नै हो । यद्यपि, अर्थतन्त्रलाई गति दिन सके पनि राजस्व सङ्कलनमा सुधार हुनसक्छ ।

राजस्व सङ्कलनको मूल स्रोतका रूपमा रहेका निजी क्षेत्रका व्यवसायीहरू निराश छन् । सरकारले भने बजारलाई गतिमान् बनाउने प्रयासै गरेको देखिएको छैन । बजार उत्साहित हुन जति ढिलो हुन्छ राजस्व सङ्कलन उति नै कम हुन्छ ।

उता खर्च कटौतीका नाममा विकास निर्माणका योजना रोकिए भने अर्को वर्ष झन् ठूलो सङ्कट देखिन सक्छ । यसैले खर्च कटौती गर्दा इमानदारीका साथै गम्भीर सुझबुझ आवश्यक हुन्छ तर सरकारले यी दुवै गुण देखाउन सकेको छैन ।  

निजी क्षेत्रलाई व्यवसाय विस्तारमा सहयोग गरेमा राजस्व सङ्कलन पनि बढ्छ । विगतमा जस्तो अर्थतन्त्र सङ्कुचित गरेर खर्च जोगाउन खोजे यही दुश्चक्र दोहोरिनेछ । यसैले निजी क्षेत्रलाई उत्प्रेरित गरेर राजस्व वृद्धिको बाटो खोल्ने र सरकारका फजुल खर्च बन्द गर्ने दृढता देखाउन ढिलो नगर !


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC