site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

कोभिड स‌ङ्क्रमण नेपालीका लागि पनि नौलो रहेन । संसारका अरू मुलुकजस्तै नेपालमा कोरोनाले वितण्डा मच्चाइसकेको छ । कोरोनाको कहर भोगिसकेका भए पनि नेपालीले सावधानी अपनाउन भने सधैँ आलटाल गर्दै आएका छन् ।

केही दिन यता नेपालमा कोरोना भाइरस सङ्क्रमित बिरामी फेरि भेटिन थालेका छन् । सम्भवतः यही कारणले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कसैमा सङ्क्रमणको लक्षण देखिए तत्काल अलग्ग ९आइसोलेसन० बस्न अनुरोध गरेको छ।

मन्त्रालयले प्रकाशित गरेको सूचनामा कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गराइहाल्न पनि अनुरोध गरेको छ । यस्ता बिरामीको सङ्ख्या हाल खासै धेरै नभए पनि सावधानी नअपनाए छिटै सङ्क्रमण फैलिन सक्ने भएकाले मन्त्रालय सजग भएको हुनुपर्छ । 

जनसाधारणले दैननिदिनको भागदौडका कारण कोरोनासँग जोगिने उपाय अपनाउन  निच मारेका हुनसक्छ । पुगिसरी आउनेहरूले त यसै पनि यस्ता रोगव्याधिलाई गरिबहरूको नियति ठान्दै आएका हुन्छन् । यसैले मन्त्रालयले सावधान गराउँदा पनि समाजमा गम्भीरता नदेखिएको हुनुपर्छ । 

कोरोनाको लक्षण देखिँदा पनि परीक्षण गराउन हिचकिचाउनुका भने अनेकौं कारण हुनसक्छ । कतिपयले अज्ञानका कारण हेलचेक्य्राइँ गरेका होलान् भने कतिपय परीक्षण गराउन लाग्ने समय र शुल्कका कारण हच्किएका होलान् ।

कारण जे भए पनि सङ्क्रमणको लक्षण देखिँदा पनि परीक्षण गराउन आलटाल गर्नुको अर्थ समाजमा कोरोना फैलाउने वाहक बन्नु हो । यसैले व्यक्ति, समाज र राज्यले पनि सङ्क्रमण नियन्त्रण र रोकथाममा गम्भीर हुनुपर्छ ।

यति नै बेला कोरोनाविरुद्धको खोपको थप मात्रा लगाउन धेरैले रुचि नदेखाएको समाचार पनि प्रकाशमा आएको छ । यसले स्वास्थ्यप्रति जनसरोकारको पोल खोल्छ भने राज्यको झारा टार्ने प्रवृत्ति पनि उजागर गर्छ ।

सबै तहका सरकारहरू अवस्था नबिग्रँदैमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणमा तत्काल सक्रिय बनून् । साथै व्यक्ति सबैले मास्क लगाउने, भौतिक दूरी कायम राख्नेदगायतका सावधान अपनाउन झिझो मान्नु हुँदैन । 

साथै, मापदण्डअनुरूप थप मात्रा ९बुस्टर०खोप लिन र दिन पनि पर्छ । खोप सुलभ भएमा हिचकिचाएका अहिले आलटाल गर्ने लक्षित समूहले लगाउनेछ । यस्तै, भारतबाट आउने नाकामा निगरानी र परीक्षणको भरपर्दो प्रबन्ध पनि मिलाइयोस् ।  

कोरोनालाई उपेक्षा गर्दा भोग्नुपर्ने क्षति र सामान्य सावधानी अपनाउँदामात्रै पनि जोगिन सकिन्छ भन्ने ज्ञान भ्रमका कारखानाबाहेक सबैले पाइसकेका छन् । तैपनि सजग नहुने हो भने हामीलाई कसैले कठै पनि भन्नेछैन ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro