site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको उडान रद्द, यात्रु अलपत्र
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाइलटको स्वास्थ्यमा समस्या आएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान रद्द भएको छ । 

शनिबार राति ११ बजेको एयरलाइन्सको आरए २३० को विमान उडान रद्द भएको हो ।  काठमाडौंबाट राति ११ बजे उड्नु पर्ने उक्त विमानको पाइलट बिरामी भएपछि उडान रद्द भएको थियो ।  

“पाइलट बिरामी भएपछि शनिबार राति ११ बजेको उडान हुन सकेन । अहिले उड्न तयारी भइरहेको छ” निगमका प्रवक्ता अर्चना खड्काले भनिन्, "उडान उद्द भएपछि नेपाल र दुबईमा गरी ५४० यात्रु अलपत्रमा परेका छन् ।"  

नेपालबाट दुबई जाने फ्याइटमा २६७ यात्रु रहेका थिए । उनीहरूलाई काठमाडौंका विभिन्न होटेलमा राखिएको थियो । 

यस्तै, दुबईमा पनि बराबरको यात्रु रहेको थिए । उनीहरूलाई पनि होटेलमा राखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro