site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बायर्नमा टुचेलको विजयी सुरुअत, शीर्ष स्थानमा फर्कियो
Ghorahi CementGhorahi Cement

काठमाडौं । नयाँ प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार राति उपाधि प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डमाथि ४–२ को विजय हासिल गरेको छ । जितसँगै बायर्न पुनः शीर्ष स्थानमा फर्किएको छ ।

घरेलु टोली बायर्नले डर्टमण्डका ग्रेगोर कोबेलको आत्मघाती गोलबाट १३औँ मिनेटमा अग्रता लिएको थियो । त्यसको पाँच मिनेट वित्न नपाउँदै थोमस मुलरले बायर्नको अग्रता दोब्बर बनाए । २३औँ मिनेटमा मुलरले अर्को गोल थपेपछि बायर्नले ३–० को अग्रता बनाउन सफल भएको थियो । ५०औँ मिनेटमा किङ्सले कोम्यानले अर्को गोल थपे ।

७२औँ मिनेटमा इमरे क्यानले पेनाल्टीमा गरेको गोलबाट डर्टमण्डले पुनरागमनको प्रयास गरेको थियो । अन्तिम मिनेटमा डोनेल मालेनले गोल गर्दै अन्तर कम गरेपनि अंक जोड्न भने सकेन ।

Agni Group

जितसँगै बायर्नले २६ खेलबाट ५५ अंक जोडेको छ । यससँगै बायर्न पुनः शीर्ष स्थानमा फर्किएको हो । अघिल्लो खेलमा बायर्न बायर लेभरकुसेनसँग २–१ ले पराजित भएपछि दोस्रो स्थानमा झरेको थियो । पराजित डर्टमण्ड भने दोस्रो स्थानमा झरेको छ । डर्टमण्डले २६ खेलबाट ५३ अंक जोडेको छ ।

लेभरकुसेनसँग पराजित भएपछि बायर्नले युलियन नागेल्समनलाई बर्खास्त गरेर टुचेलाई नियुक्त गरेको हो ।

Global Ime bank

बायर्नले ११ अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि बायर्नले जर्मन कपमा फ्रेइबर्गविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बायर्नले लिगमा पनि फ्रेइबर्गविरुद्ध नै खेल्नेछ । डर्टमण्डले भने जर्मन कपमा आरबी लाइपजिगविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

गएराति सम्पन्न बुन्डेसलिगाको अर्को खेलमा तेस्रो स्थानको युनियन बर्लिनले भीएफबी स्टुटगार्टलाई ३–० ले हरायो । युनियन बर्लिनले २६ खेलबाट ५१ अंक जोडेको छ । जुन दोस्रो स्थानको डर्टमण्डभन्दा दुई अंकले पछाडि हो । चौथो स्थानको फ्रेइबर्गले हेर्था बर्लिनविरुद्ध १–१ को बराबरी खेल्यो । सातौँ स्थानको बायर लेभरकुसेनले १७औँ स्थानको साल्केलाई ३–० ले हरायो ।

पाँचौँ स्थानको लाइपजिग आठौँ स्थानको मेइन्जसँग ३–० ले पराजित भयो । नवौँ स्थानको उल्फबर्गले १२औँ स्थानको औसबर्गसँग २–२ को बराबरी खेल्यो ।

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC