site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल विश्वकै उत्कृष्ट ‘स्पोर्ट्स हब’ बन्न सक्छ : प्रधानमन्त्री 
तस्बिर : प्रदीपराज वन्त/रासस ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै उत्कृष्ट ‘स्पोर्ट्स हब’का रूपमा विकास गर्न सकिने बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद–२०७९ मा उनले नीतिगत रूपले पूर्वाधरको विकास गर्न सके नेपाल अन्तर्राष्ट्रियस्तरमै खेलकुद हब बन्न सक्ने बताए ।

उनले नेपालमा हिमालमा खेलिनेदेखि पहाड, तराईसम्मका खेलका लागि उपयुक्त वातावरण भएको भन्दै पूर्वाधार निर्माण गरेमा नेपाल संसारकै निम्ति उत्कृष्ट खेलको हब हुन सक्ने बताए ।

“पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरूको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरू सहभागी हुने जुन महत्त्व मैले यस क्षेत्रलाई दिएको छु,” उनले भने, “नेपालमा हिमालमा खेलिने खेलदेखि पहाड, तराईसम्मका खेलका लागि उपयुक्त वातावरण छ । नीतिगत हिसाबले पूर्वाधार निर्माण गरेमा नेपाल संसारकै निम्ति उत्कृष्ट खेलको हब हुनसक्छ ।”

खेलकुद क्षेत्रमा फड्को मार्नका लागि प्रत्येक विद्यालय र टोलमा खेल इकाई र खेलमैदान बनाउनुपर्नेमा उनले जोड दिए । खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको अवस्थामा यस क्षेत्रलाई धेरैभन्दा धेरै बजेट पुर्‍याउँदै सुधार गर्ने अवसर आफूलाई भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले कार्यक्रमबाट आएका सुझावलाई अध्ययन गर्दै नीति, कार्यक्रम र बजेटमा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक व्यवस्था गर्ने विश्वास दिलाए । खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता समेत उनले जनाए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, वाग्मती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोसी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, विभिन्न संघका पदाधिकारी, सञ्चारकर्मीलगायत व्यक्तिले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro