site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लहैलहै रोगले गाँजेकाहरू
Ghorahi CementGhorahi Cement

उनको लहैलहैमा लागेर लेख्न बसेको म । तर, के थाहा लेख्न यति गाह्रो हुँदो रहेछ भन्ने । लहैलहैमा चुरोट सल्काउन सजिलो, खैनी मोल्न सजिलो । अनि, लोकल ठर्रा पिउन सजिलो बरु !

उति बेला साथीभाइको लहैलहैमा तरुनीको पछि लागेर सहर परिक्रमा गर्दा पनि रमाइलै हुन्थ्यो । उनीहरूकै लहैलहैमा कक्षा बहिष्कार गरेर सडकमा नाराबाजी गर्दा पनि के–के न पाएझैँ हुन्थ्यो । लहैलहैमा कुदियो, कुदाइयो । कुटियो, कुटाइयो । गोदियो, गोदाइयो । रोइयो, रुवाइयो । हाँसियो, हँसाइयो । गाइयो, गवाइयो । नाचियो, नचाइयो । घिचियो, घिचाइयो । डरियो, डराइयो । अनि, के–के गरियो के–के ।

तर, लहैलहैमा पढ्न सकिएन । लेख्न सकिएन । त्यसैले होला, यतिखेर कलम समातेर बसेको थुप्रै बेर भइसक्दा पनि लेख्न सकिएन । मलाई चिन्नेहरू भन्छन्— ऊ बेला पढ्नुभन्दा बढी सडकमा उफ्रेर बित्यो, अनि लेख्ने हातले कलम समाउनुभन्दा ढुंगामुढा गर्दै बित्यो रे ! उही लहैलहैमा त हो ।

Agni Group

के गर्नु उमेर नै त्यस्तो ! जे पनि, जस्तो पनि, जहिले पनि लहैलहैमा भिडिहाल्ने अनि गरिहाल्ने । आफ्ना यी सबै कर्तुत हेर्दा र महसुस गर्दा लहैलहै एउटा विशेष रोग हो कि भन्ने लाग्न थालेको छ, मलाई ।

जसले जे भन्यो लहैलहैमा लागिहाल्ने, गरिहाल्ने नतिजाको कसले गर्छ पर्वाह ! त्यसैले होला, ऊ बेला लहलहैमा भएका कामका फल अहिले एकपछि अर्को गर्दै पाइरहँदा लहैलहै रोगले भयंकर रूपमा गाँजेको रहेछ भन्ने प्रस्टिन्छ ।

Global Ime bank

रोगको सिकार त म मात्र कहाँ हो र, श्रीमती पनि रहिछिन् । लहैलहैमा बुटिक र ब्युटी पार्लर धाउने उनको बानी त्यही रोगको निसानी त हो । कपाल रंग्याउनु, तालबेतालका पहिरनमा सजिनु, अनेक थरीका पाउडर, मस्कारा र लिपस्टिक दल्नु अनि नभएको पैसा सिध्याउँदै सँगीहरूसँग रेस्टुरेन्ट धाउनु । यो सबै लहैलहै रोगको परिणाम हो भन्ने कुरामा मलाई कुनै सन्देह छैन ।

बाआमाले सानैमा अर्ती दिएका थिए, ‘गलत मान्छेको लहैलहैमा लागेर नराम्रो काम गर्दै नहिँड्नु नि !’ त्यतिखेर कहाँ सोचियो र, कुन राम्रो कुन नराम्रो भनेर । उसले गर्न हुने मैले किन नहुने भन्दै के–के गरियो के–के, त्यो पनि लहैलहैमा ।

त्यस बेलामा लागेको लहैलहै रोगले अहिलेसम्म असर गरिरहेको देख्दा यो त दीर्घरोग पो रहेछ भन्ने प्रमाणित हुँदै छ । यो पंक्तिकार लहैलहै रोगले जकडिएजस्तो यहाँहरू पनि कतै ग्रसित हुनुहुन्छ कि ? एकचोटि यसो आफूलाई चेक गर्नुस् है, के–के कुरा लहैलहैमा गरियो भनेर ।

म साथीभाइका बीचमा पनि यो प्रश्न राख्ने गर्छु । किनकि, मलाई थाहा छ, उनीहरू सबै ग्रसित छन् । उनीहरूकै लहैलहैमा रोगी बनेको म, उनीहरू स्वयं निरोगी रहने त कुनै गुन्जाइस नै छैन ।

कोही लहैलहैमा नसालु बने त कोही लहैलहैमा पियक्कड बने । कसैले लहैलहैमा घर खेत सिध्याए, कलब्रेकदेखि क्यासिनोसम्म धाए । अनि, कसैले लहैलहैमा बाहिर आँखा सन्काउँदा घरकी बूढी गुमाए । विचित्रको छ यो लहैलहै रोग ।

हिजो एक्लै घोत्लिएर बसिरहेको थिएँ, स्कुलबाट छोरो फर्किएर आइपुग्यो र भन्न थाल्यो, ‘बा, मलाई पैसा देऊ, टाटु बनाउनुपर्यो ।’

हरे ! यसलाई पनि लहैलहैको रोगले समातेछ । उत्तर दिन मुख खोल्नै मात्र लागेको थिएँ, ढोकाबाट छोरी छिरी, गनगन गरी, ‘बा, मलाई पनि जिमको मेम्बर बन्नुपर्यो । आजबाट मेरो डाइटिङ सुरु छ । फिगर नै मेन्टेन गर्न गाह्रो भइसक्यो आजभोलि त ।!

मेरो अगाडि दुई लहैलहैको रोगी उभिएको देख्न थालँे मैले । अर्को कोठामा रहेकी श्रीमती आँखा मिच्दै आइपुगिन् र भन्न थालिन्, ‘मेरो साथीले कपाल रातो बनाकी, कस्तो राम्री देखिएकी । म पनि रंग्याउन जानुपर्यो । खै अलिकति पैसा देऊ न बूढा !”

लहैलहैको तेस्रो रोगी पनि थपिएको थियो मेरो अगाडि । म चुप रहेँ, बिनाकुनै जवाफ । केही क्षण तीनैजना भुतभुताए । अनि, केहीपछि हराए । मैले पनि खोज्ने चासो लिइनँ ।

त्यसै बेला एक मित्रले फोन गरे, ‘साथी, भोलि पार्टीको र्याली छ । आउनुपर्छ है । एउटा पार्टीको झन्डा नसमाती अगाडि बढ्न सकिँदैन, बुझ्नुभयो । म त सालैपिच्छे झन्डा फेरिरहन्छु । प्रगति नै यसैमा रहेछ । आखिर जसले पनि बलेकै आगो ताप्ने हो । जुन झन्डा बलियो, आफू उतै ढल्कियो । हा...हा ! तपाईं पनि त्यसै गर्नुस् । कहिलेसम्म त्यसरी घरमै गुम्सिएर बस्ने ? आउनुस्, भोलि सँगै र्यालीमा जाऊँ ।’

उसले फोन राख्यो । यता म सोच्न थालेँ– यो साथीको लहैलहैमा लागेर पार्टीको झन्डा समात्न पुग्दा अर्को कुनै रोग आइलाग्ने हो कि ! पुरानै रोगहरूले सताइरहेको बेला अर्को रोग थप्नु जायज होला त ?

मनको उथलपुथलसँगै मैले र्यालीमा नजाने निधो गरेँ ।

हठात् कलबेल बज्यो । अर्का मित्र आइपुगेछन् । मलाई देख्नासाथ भन्न थाले, ‘त्यो पोहोर मात्र खुलेको फस्ल्याङफुस्लुङ कम्पनीको आईपीओ खुलेछ, लौ हिँड सेयर किन्न । म त्यसैले आएको । एकै वर्षमा निकै प्रगति गरिसक्यो यो कम्पनीले । नेताहरूको लगानीमा खुलेको रे, डुब्ने त चान्स नै छैन ! मौकाको फाइदा उठाउनुपर्छ मित्र । घरमा भएको पैसा, सुनचाँदी सबै बोकेर हिँड । सकेसम्म धेरैको सेयर किन्नुपर्छ ।’

यति भन्दै उनी सोफामा सुस्ताए । मचाहिँ ट्वाल्ल परेर हेरिरहेँ । अर्को लहैलहैको सिकार म हुने किन नहुने ! म दोधारमा परेँ । मलाई असमञ्जस अवस्थामा देखेर ती साथी जान्छु पनि नभनेर आफ्नो बाटो लागे । मेरो मष्तिस्कमा लहैलहैको रोगले कसैलाई नछोडेका उदाहरणहरू थपिँदै गए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC