बाह्रखरी फोटो

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बिहान ८ बजेदेखि देशभर सुरु भएको छ ।
यो वर्ष एसईईमा नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी छन् । परीक्षा यही चैत २९ गते सकिनेछ ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपन, मिलनचोकमा रहेको जोसेफ हाइस्कुल, रिलायान्स इन्टरनेसनल एकेडेमी, कपनकै बालआधार माध्यमिक विद्यालय र सुकेधारा चोकस्थित वाग्मती बोर्डिङ स्कुलमा पुग्दा परीक्षा शान्तिपूर्ण रूपमा चलिरहेको थियोे ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ ११:३२
प्रतिक्रिया दिनुहोस्