site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माइक्रोसफ्टले च्याटजीपीटीमा विज्ञापन देखाउन थालेपछि आलोचना
Ghorahi CementGhorahi Cement

काठमाडौं । माइक्रोसफ्टले ओपन एआईको जीपीटी–४ मा आधारित आफ्नो बिङ च्याटमा सोधिएका प्रश्नको जवाफका बीचमा विज्ञापन देखाउन थालेको छ । त्यसलाई खुला रूपमै विज्ञापन भनेर ‘लेबल’ गरिएको छ । कतिपयले यसको आलोचना समेत गर्न थालेका छन् ।

माइक्रोसफ्टले बुधबार (हिजो) एक ब्लग पोस्टमार्फत प्रयोगात्मक रूपमा बिङ च्याटले दिने जवाफका बीचमा विज्ञापन देखाउन थालेको पुष्टि गरेको छ । माइक्रोसफ्टले सात हजार ५०० पार्टनर अथवा विज्ञापनदातासँग कसरी अझै राम्रोसँग विज्ञापन देखाउन सकिन्छ भनेर काम गर्न थालेको उक्त ब्लग पोस्टमा जनाइएको छ ।

प्रश्नको जवाफमा देखिने विज्ञापनको लिंकमा माउस राख्दा वा होभर गर्दा थप लिंकहरू देखिने आइडियामा काम भइरहेको यसले जनाइएको छ ।

Agni Group

यसबाहेक अझै कडा क्याप्सन र च्याटको बीचमा पनि विज्ञापन राख्ने विषयमा पार्टनरहरूसँग छलफल भइरहेको जनाइएको छ ।

केहीले प्रयोगकर्ताले अहिले बिङले विज्ञापन देखाउन थालेको तस्बिर ट्विट गरेका छन् । केही प्रयोगकर्ताले सुरुदेखि नै त्यहाँ विज्ञापन देखिने गरेको उल्लेख गरेका छन् ।

Global Ime bank

यसअघि, इन्टरनेटका विभिन्न सञ्जालमा गरिने विज्ञापन छुट्टै बक्सभित्र लेबल गरिन्थ्यो । प्रयोगकर्ताले इन्टरनेटका माध्यममा गर्ने काम र हेर्ने कुराभन्दा विज्ञापन एक साइडतर्फ अलग्गै देखिन्थ्यो । तर, च्याटजीपीटीले दिने जवाफकै पंक्तिहरूमा विज्ञापन देखाइएको विषयलाई लिएर आलोचना हुन थालेको छ । प्रयोगकर्तालाई असर नपर्ने किसिमले विज्ञापन राख्नुपर्नेमा जोड दिन थालिएको छ ।

च्याटजीपीटीको पैसा तिरेर चलाउन मिल्ने भर्जनले मात्र बढी सुविधा उपलब्ध गराएको थियो । अहिले निःशुल्क भर्जनमा मानिसलाई सोझै प्रवाहित पार्न सक्ने किसिमले विज्ञापन देखिन थालेसँगै यसप्रतिको धारणा परिवर्तन हुन थालेको छ ।

करिब चार महिनाअघि सन् २०२२ नोभेम्बरमा सार्वजनिक भएको ओपन एआईको आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याटजीपीटी विश्वभर करोडौँ व्यक्तिहरूले प्रयोग गर्न थालेका छन् । यो च्याटबट जेनेरेटिभ प्रिट्रेनर ट्रान्सफरमर (जीपीटी–३.५) र यसको अपग्रेडेड भर्जन जीपीटी–४ मा आधारित छ ।

जीपीटी–३.५ र जीपीटी–४ भाषा ‘मोडेल’हरू हुन् । च्याटजीपीटीलाई सोधिने कुनै पनि प्रश्नको जवाफ इन्टरनेटमा भेटिने ठूलो जानकारीलाई विश्लेषण गर्दै मान्छेले झैँ सरल र सहज बनाएर दिने यिनै भाषा मोडेल हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC