site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुका सकर विराट गोल्डकपको फाइनलमा
Tiktok banner adTiktok banner ad

विराटनगर । विदेशी टोली लुका सकर क्लब साविक विजेता सशस्त्र प्रहरीलाई हराउँदै विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सहिद रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै भारतको लुका सकर क्लब फाइनल प्रवेश गरेको हो ।

उपाधिका लागि अब लुका सकरले घरेलु टिम विराटनगर सिटी एफसीसँग खेल्नुपर्नेछ ।

निर्धारित ९० र अतिरिक्त थप गरिएको ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा सशस्त्रका दिपेश धिमाल र सविन गुरुङले गोल गर्दा विशाल सत्याङ र गोलकिपर राजु नगरकोटी गोल गर्नबाट चुके । विशालले प्रहार गरेको बल लुका सकरका गोलकिपर सानफिरले उत्कृष्ट बचाउ गरेका थिए भने नगरकोटीको प्रहार पोलमा लागेर बाहिरिएको थियो ।

लुका सकरका लागि चाक्लेस, मोहोमद रफी, मो. आरसानो र पउल ओपारेले गोल गरे । एपीएफका किपर राजु नगरकोटीले लुका सकरका क्याम्भो हिनले प्रहार गरेको बल बचाए पनि हारबाट जोगाउन सकेनन् ।

खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर सानफिर घोषित भए । उनले ११ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro