site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महेश खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पित
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यकार महेशराज खरेलको पहिलो उपन्यास ‘यात्रा जिन्दगीको’ एक समारोहकाबीच प्रतिनिधिसभाका सभामुख देवराज अधिकारीलगायतले सार्वजनिक गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै सभामुख घिमिरेले खरेलको उपन्यासमा पूर्वी पहाडी जीवन छर्लङ्ग देखिएको बताए । उनले भने, “यस उपन्यासमा हामी हुर्किएको समाज, हामीले भोगेको पूर्वी पहाडको जीवन र त्यहाँको परिवेशको यथार्थ चित्रण गरेका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उपन्यास सार्वजनिक उप्रान्त भएको परिचर्चामा पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. फणिन्द्रराज निरौलाले खरेलको उपन्यास प्रगतिधारामा उभिएको बताए । उनले यस कृतिमा खरेलका जीवन भोगाइ प्रस्तुत भएकोले यसलाई उपन्यास भन्ने कि नभन्ने विषयमा शंका रहेको उल्लेख गरे ।

अर्का समीक्षक डा. रजनी ढकालले उपन्यासको केन्द्रमा उपन्यासकार खरेलकी आमा अयोध्या खरेल रहेको, उनको त्याग, समर्पण र संघर्षका कथाहरू भएको उल्लेख गर्दै कृतिको नाम ‘अयोध्या’ राखेको भए हुने जिकिर गरिन् ।

Global Ime bank

नेपाली साहित्यिकवृत्तमा पहिले पनि अनुभवोन्यासहरू आइसकेकाले यसलाई उपन्यास भन्न सकिने उनको तर्क थियो ।शुभकामना मन्तव्य दिँदै प्रा.डा. गोविन्दराज भट्टराईले खरेलको कृतिमा जीवन दर्शन रहेको उल्लेख गरे । त्यस्तै प्रा.डा. यादवप्रकाश लामिछानेले पूर्वी पहाडबाट बसाइ सर्न बाध्य पारिएका परिवारहरूको कथा यसमा रहेको बताए ।

शब्द संयोजन साहित्यिक मासिक पत्रिकाको आयोजनामा सम्पन्न कार्यक्रममा उपन्यासकार खरेलकी ९१ वर्षीया आमा अध्योध्या खरेल, उपन्यासकार खरेल, कवि वासुदेव अधिकारी, सुमी लोहनीलगायतले बोलेका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC