खेल

काठमाडौं । भुटानले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक नेपालविरुद्ध अग्रता बनाएको छ ।
प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालविरुद्ध खेलिरहेको भुटानले पहिलो हाफअघि नै १-० को अग्रता बनाएको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको १९औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाए ।
दावा छिरिङले गरेको कर्नर प्रहारमा बाकस भित्र रहेका तेन्जिङ नोर्बुले लोवर हेडर गोल गर्दै भुटानलाई अग्रता दिलाए ।
अन्तर्राष्ट्रिय फुटबलमा भुटानले पहिलो पटक नेपालविरुद्ध पहिले अग्रता बनाएको हो । नेपालले भुटानविरुद्ध खेलेका यसअघिका १२ खेलमध्ये कुनै पनि खेलमा पहिले गोल व्यहोरेको थिएन । यस्तै, भुटानविरुद्ध नेपाल हालसम्म अपराजित छ ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १८:३७
प्रतिक्रिया दिनुहोस्