अर्थ व्यवसाय

काठमाडौं । सानिमा बैंकले 'ग्लोबल मनी विक'को अवसरमा देशभरका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
वित्तीय साक्षरता कार्यक्रमका लागि बैंकका कर्मचारीहरूलाई तीनदिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी दिइएको थियो ।
वित्तीय साक्षरता अन्तर्गत देशभरिका शाखाहरूमार्फत छनोट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरतासम्बन्धी कार्यक्रम बैंकले सञ्चालन गरेको थियो ।
सानिमा बैंकको सातै प्रदेशमा १३० कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९ १५:५३
प्रतिक्रिया दिनुहोस्