अर्थ व्यवसाय

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ मा ७९ अर्बभन्दा बढी राजस्व छुट दिएको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार विभिन्न वस्तु, सेवा, शुल्क, महसुल तथा करहरूमा ७९ अर्ब ८७ करोड ३९ लाख बराबरको कर छुट दिएको हो ।
महालेखाको ६२औँ प्रतिवेदनअनुसार छुट दिएर सोको अभिलेख समेत नराखेको जनाएको छ । आर्थिक ऐन, २०८० को दफा १८ मा प्रचलित कानुन अनुसार छुट दिन पाउने व्यवस्था छ ।
कर छुटको सुविधा अधिकतर अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, तथा आन्तरिक राजस्व विभागअन्तर्गत रहेको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १५:१९
प्रतिक्रिया दिनुहोस्