site stats
साहित्य
वासु शशी स्मृति परिषद्द्वारा तीन स्रष्टा सम्मानित

काठमाडौं । वासुु शशी स्मृति परिषद्ले साहित्यकार तथा गायक संगीतकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान-२०७९’बाट सम्मानित गरेको छ ।

त्यस्तै, कवि साहित्यकार श्यामललाई नगद राशि २५ हजार रुपैयाँसहित ‘वासु शशी साहित्य पुरस्कार-२०७९’ तथा डा. गोपीकृष्ण खतिवडालाई नगद राशि २१ हजारसहित ‘वासु शशी शोध पुरस्कार’ले सम्मानित गरेको छ ।

Himalayan Bank
Agni Group

कार्यक्रममा तुलसी दिवसलगायतले रमेश रेग्मीद्वारा लिखित कथाकृति ‘मेरो छोरा फर्किनै पर्छ’ सार्वजनिक गरे ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि तथा नाटककार वासु शशीको ८७औं जन्मजयन्तीका अवसरमा कवि दिवसले सर्जकहरूलाई सम्मानित गर्दै वासु शशीका बारेमा स्रष्टाहरूले बोल्दै गर्दा आफूले शशीलाई देखिरहेको बताए ।

Global bank

कार्यक्रममा सम्मानित व्यक्तित्वहरू भोजपुरे र श्यामलले वासु शशीसँगका स्मरण सुनाए । शोध पुरस्कार प्राप्त गर्ने डा. खतिवडाले आफूले ‘वासु शशीका नाटकमा नाट्यतत्व’ विषयमा विद्यावारिधि गर्दाका प्रसंग उल्लेख गरे ।

कवि विश्वविमोहन श्रेष्ठले सम्मानित सर्जकहरूको परिचय दिए भने सार्वजनिक कृतिमाथि सुमन वर्षाले समीक्षात्मक टिप्पणी गरिन् ।
 

 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २०:४६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय