site stats
बाह्रखरी फोटो
पशुपतिमा एक दिन (तस्बिरहरू) 

काठमाडौं । पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र नभइ विदेशी भक्तजनको पनि त्यत्तिकै भीड हुने गर्छ । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथको मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल हो । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव सम्मान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ । 

पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पूजास्थल पनि छन् । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रूपमा छ । जहाँ जन्मदेखि मृत्युसम्मका संस्कार सम्पन्न गरिन्छ । साथै यो पावन स्थलमा वाग्मती नदीले महिमा अझै बढाएको छ । पशुपतिनाथमा पुगेर एक दिन नियाल्नुस्, दुनिया रमाइलो छ जस्तो पनि लाग्छ र दुनिया फिकाजस्तो पनि लाग्छ । बिहानै पूजापाठ, मध्याह्न पर्यटकको चहलपहल, भक्तजनको रमाइलो देख्दा सबै छ जस्तो लाग्छ । तर, पशुपति परिसरकै आर्यघाटलाई नियाल्नुस् अन्त्यमा त्यसरी नै जानुपर्छ भन्ने लाग्छ । पशुपतिमै कोही रुन्छन्, कोही हाँस्छन्, कोही खेल्छन्, कोही कराउँछन्, कोही भगवान खोज्दै पुग्छन्, कोही जन्मिन्छन् र कोही मर्छन् । न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका पशुपतिनाथमा एक दिनको फोटोकथा आजको फोटोफिचरमा । 

sab1679717333.JPG

Himalayan Bank
Agni Group

sraddha1679717333.JPG

bramanal1679717332.JPG

Global bank

astu1679717331.JPG

Aarati1679717330.JPG

aaryaghat1679717330.JPG

91679717329.JPG

101679717329.JPG

71679717328.JPG

81679717328.JPG

31679717326.JPG

41679717326.JPG

21679717325.JPG

11679717325.JPG

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय