 (1)1679661158.jpg)
काठमाडौं । काठमाडौं उपत्यका र भरतपुरमा १५ वटा जानकारीमूलक पीईटी संकलन बिन राखिएको छ ।
विश्व रिसाइक्लिंग दिवसको अवसर पारेर कोका–कोला नेपाल र डोको रिसायकलर्सको संयुक्त पहलमा राखिएको हो ।
रिसाइकल प्रक्रियामार्फत पीईटी बोतलहरूलाई पुनः प्रयोग गर्न योग्य बनाउन सकिन्छ भन्ने जनचेतनामुलक सन्देश सर्वसाधारण माझ पुर्याउने उद्देश्यका साथ परियोजनाको सुुरुवात गरिएको हो ।
अगस्ट २०२० मा स्थानीय अधिकारीहरूको सहयोगमा सुरु भएको यस संयुक्त परियोजना ‘रिफ्रेस एण्ड रिसायकल’ पीईटी बोतल संकलन अभियानको दोस्रो चरण हो ।
धेरै मानिसको जमघट हुने र पेटबोतल बढी फालिने काठमाडौंका ९ स्थान र भरतपुरका ६ स्थानमा यी बिन राखिएको बताइएको छ ।
सन् २०१८ मा कोका–कोलाले २०३० सम्ममा आफूले उत्पादन गर्ने सबै बोतल र क्यानहरू बराबरका खालीक्यान र बोतलहरू संकलन र रिसाइकल गर्ने उद्देश्यका साथ वर्ल्ड विदाउट वेष्टको घोषणा गरेको थियो ।