site stats
देश
विदेशमा बसोबास गर्नेको संख्या बढ्यो

काठमाडौं । पछिल्लो १० वर्षमा विदेशमा बसोबार गर्नेको संख्या बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार २०६८ देखि २०७८ को बिचमा विदेशमा बसोबार गर्नेको संख्या दुई लाख ६९ हजार ९८ ले बढेको छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गर्दै आएका छन् ।

Himalayan Bank
Agni Group

जसमा विदेशमा बस्ने पुरूषको संख्या १७ लाख ९९ हजार ६७५ रहेको छ भने महिलाको संख्या तीन लाख ९० हजार ९१७ रहेको छ ।

२०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा बसोबास गर्दै आएका थिए । 

Global bank

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्