site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'हस्ताक्षर किर्ते गरेर' बैठक चलाएको आरोप, निर्णय खारेज गर्न माग
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को फागुन १७ गते बसेको बैठक अवैधानिक भएको भन्दै बैठकले गरेको निर्णय खारेज गर्न १० केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।

यसअघि एन्फा मुख्यलायमा बसेको उक्त बैठकमा २१ मध्ये २० सदस्य उपस्थित थिए । त्यसमध्ये उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश केसी, रविन चन्द, भरत बुद थापा, महेन्द्र क्षेत्री, पेमा लामा गरी १० सदस्यले बैठक बहिस्कार गरेका थिए । 

अर्का सदस्य टीका लामाले पनि बैठक अवैधानिक भएको भन्दै बहिस्कार गरेर हिँडेका थिए । उनीहरूले अध्यक्ष पंकज नेम्वाङले तानाशाह ढंगबाट बैठक सञ्चालन गरेको आरोप लगाएका थिए । तर, उपस्थित २० मध्ये ११ सदस्य सहभागी नहुँदा पनि अध्यक्ष पंकजविक्रम नेम्वाङले बैठक सञ्चालन गरेर महत्त्वपूर्ण निर्णय गरेका थिए । 

बिहीबार फागुन १७ को बैठक बहिस्कार गरेको समूहले नै उक्त बैठक अवैधानिक भएको भन्दै त्यसबाट भएको निर्णय खारेजको माग गरेका हुन् । निर्णय खारेजीको माग गर्नेमा उपाध्यक्षत्रय दीर्घबहादुर केसी (कुमार), विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरू भोजराज शाही, पेमा लामा, रविन्द्र चन्द, टिका लामा, रुपेश अधिकारी, महेन्द्र क्षेत्री र रमेश व्यञ्जनकारले छन् ।

उनीहरूले उक्त बैठकको कोरम पुर्‍याउन भरत बुद थापाको हस्ताक्षर किर्ते गरेको आरोप लगाएक छन् । यस्तै, टीका लामा पनि बहुमत सदस्यहरूले एजेन्डा थप्न माग गरिएकोमा थप एजेन्डा समावेश नगरिएको हुँदा आफ्नो हस्ताक्षर फिर्ता गर्न अध्यक्षलाई पत्र लेखी बैठकबाट बाहिरिएको हुँदा उक्त बैठकको निर्णय अवैधानिक भएको बताएका छन् । उनीहरूले फागुन १७ गते बहुमत सदस्यले बैठक छोडे पनि हस्ताक्षर किर्ते गरेर बैठक अघि बढाएकाले उक्त बैठकले गरेको निर्णय खारेजीको माग गरेका हुन् ।

Anfa (2)1679570477.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro