विदेश


काठमाडौं । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।
उनले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन् ?’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो ।
भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १२:२५
प्रतिक्रिया दिनुहोस्