site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्याजदर घट्यो, किन बढेन सेयर बजार ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । सेयर बजारलाई बैंकको ब्याजदरले प्रत्यक्ष असर गर्ने विश्वास गरिन्छ । विगतका वर्षलाई हेर्दा पनि यस्तै तथ्यांक देखिन्छ । तर, पछिल्ला दिनहरूमा बैंकको ब्याजदर घट्ने संकेत देखिए पनि सेयर बजार घट्दो क्रममा छ ।

चैत १ गतेदेखि बैंकहरूले नयाँ ऋणको ब्याजदर घटाएका छन् । सेयर बजारमा भने उतारचढाव देखिएको छ । चैत १ गतेदेखि ८ गतेसम्म पाँच कारोबार भएकोमा चार कारोबार दिन नेप्से परिसूचक घटेको छ ।

गत मंगलबार मात्र बजार २२ अंकले बढेको थियो । त्यो दिन पनि प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिएकाले बजारमा सकारात्मक प्रभाव परेको जस्तो देखिन्छ । बुधबार भने नेप्से १५.७६ अंकले घटेको छ ।

Agni Group

चैत १ गतेदेखि ८ गतेको बिचमा नेप्से १.०१२ प्रतिशतले घटेको छ । अंकमा भन्ने हो भने नेप्से करिब २० अंक तल झरेको छ । हाल नेप्से १९३३.३० विन्दुमा रोकिएको छ । गत वर्षको भदौ २ गते ३२,०० विन्दु पार गरेको नेप्से हालसम्म ४० प्रतिशतले तल झरेको छ ।

बैंकहरूले यसअघि लिँदै आएको ब्याजदरमा ०.४२ प्रतिशत घटाएका छन् । त्यस्तै, प्रिमियमदर पनि घटाएका छन् । पहिले ६ प्रतिशतसम्म प्रिमियम लिँदै आएका बैंकले अहिले अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिने निर्णय गरेका छन् । यसले ऋणीलाई राहत दिएको छ ।

Global Ime bank

बैंकहरूले पुराना ऋणीको ऋणमा लिँदै आएको ब्याजदर पनि वैशाखदेखि घटाउने भनेका छन् । त्यही पनि सेयर बजारलाई यस्ता निर्णयले छोएको देखिँदैन ।

ब्याजदर घट्दा सेयरमा लगानी गर्नेहरूले बढी ऋण लिने र बढी सेयर खरिद गर्ने हुँदा बजार बढ्छ भन्ने मान्यता थियो । तर, अहिलेको राजनीतिक र आर्थिक अवस्थामा सिद्धान्तले काम नगर्ने सेयर लगानीकर्ताहरू बताउँछन् । अहिले पनि बैंकहरूको ब्याजदर नघटेको भन्दै ऋण लिनका लागि सहज अवस्था नभएको कतिपयको बुझाइ छ ।

त्यस्तै, ब्याजदर घट्दा ऋणीले सेयरका लागि भनेर ऋण लिन भएपनि प्रशासनिक झमेलाले अहिले असर पारेको एक जानकारले बताए । “अहिले ब्याजदर घटेको भए पनि ऋण लिन सक्ने अवस्था छैन । नेपाल राष्ट्र बैंकले पनि प्रशासनिक रूपमा कडाइ गरिदिएको छ । त्यसले पनि सेयर बजारमा ऋण लिएर लगानी गर्ने अवस्था छैन,” उनले भने ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवाली अहिलेको अवस्थामा सिद्धान्तले काम नगर्ने बताउँछन् । उनका अनुसार अहिलेको राजनीतिक र आर्थिक परिस्थितिले सेयर बजारलाई प्रभावित पारेको छ । यस्तो अवस्थामा बैंकको ब्याजदरले काम नगर्ने उनी बताउँछन् ।

“सिद्धान्त सधै लागु हुँदैन । कहिलेकाहीँ फरक परिस्थिति पनि हुन सक्छ । अहिले राजनीतिक र आर्थिक परिस्थितिले सेयर बजारलाई प्रभाव पारेको हो,” ज्ञवालीले भने ।

सेयर बजार लगानीकर्ताको मनस्थितिमा चल्ने हुँदा यही कारणले बजार बढ्छ वा घट्छ भन्न नसकिने कतिपयको बुझाइ छ । प्रचण्ड सरकारले पूर्णता पाएपछि बजारले लय समात्नेमा पनि कतिपय विश्वस्त छन् । त्यस्तै, गठबन्धनको सरकार भएकाले अर्थमन्त्री को बन्ने हो ? भन्ने अन्योलता छ । त्यही कारणले पनि अहिले लगानीकर्ता 'पर्ख र हेर'को अवस्थामा रहेको जस्तो देखिन्छ ।

घटेको बजारमा पनि करोबार रकम बढ्न सकेको छैन । यसले पनि बजारमा अझौ विश्वसनीयता सिर्जना हुन नसेको संकेत गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC