site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल चयन, वैशाखदेखि अध्यक्ष बन्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)को वरिष्ठ उपाध्यक्षमा उद्योगी राजेश अग्रवाल चयन भएका छन् । औद्योगिक घराना आरएमसी ग्रुपका कार्यकारी निर्देशक रहेका अग्रवाल यसअघि परिसंघका उपाध्यक्ष थिए ।

आरएमसी ग्रुपले  सिमेन्ट, फुड तथा स्टिलमा लगानी गरेको छ । 

सीएनआईको गभर्निङ काउन्सिलको बैठकले अग्रवाललाई बरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । सीएनआईको गभर्निङ काउन्सिलको संयोजक विनोद चौधरी छन् । गभर्निङ काउन्सिलको बैठकले सीएनआईमा वरिष्ठ उपाध्यक्षको चयन गर्ने गर्छ । वरिष्ठ उपाध्यक्ष सीएनआईको अध्यक्ष बन्ने व्यवस्था छ । 

गत वर्ष नै सीएनआईले वरिष्ठ उपाध्यक्षको चयन गर्नुपर्ने थियो । 

अब सीएनआईले वैशाखमा साधारण सभा गर्नेछ । साधारण सभाले राजेश अग्रवाललाई अध्यक्षमा चयन गर्नेछ । अहिलेको सीएनआईको अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro