site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दराजको वार्षिक ‘सेलर समिट’ सम्पन्न

काठमाडौं । अनलाइन किनमेल गर्न सकिने ई–कमर्स प्लटेफर्म दराजले यो वर्षको दराज ‘सेलर समिट’ सम्पन्न गरेको छ । दराजमा सामान बिक्री गर्ने बिक्रेता (सेलर)लाई उनीहरूको सहयोग र प्रतिबद्धताप्रति आभार व्यक्त गर्न यो सम्मेलन (समिट) आयोजना गरेको कम्पनीले जनाएको छ ।

दराजको सेलर समिटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छालगायत व्यक्तिको उपस्थिति  थियो । कार्यक्रममा दराजका प्रमुख कार्यकारी अधिकृत विमल अर्याल र युनिसेफको आपत्कालीन विशेषज्ञ सुनीता कायस्थ पनि उपस्थित थिए ।

एनबएमबी बैंकका डीसीईओ गोविन्द घिमिरेले दराजका बिक्रेताले अब बैंकबाट कोलेट्रलबिना नै ऋण प्राप्त गर्न सक्ने बताए ।

कार्यक्रममार्फत दराजका उत्कृष्ट बिक्रेताले विशेष ट्रफी र १० हजार रुपैयाँबराबरको दराज भाउचर प्राप्त गरे । दराज सेलर समिटबाट कम्पनीले बिक्रेता र ग्राहकलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Global Ime bank

दराजले प्लेटफर्ममा १८ हजारभन्दा बढी बिक्रेता र १५ लाख बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको जनाउँदै नेपालका १०१ सहरमा डेलिभरी गर्ने दाबी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu