site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईएमएफले युक्रेनलाई साढे १५ अर्ब अमेरिकी डलर ऋण दिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट १५.६ अर्ब अमेरिकी डलर ऋण प्राप्त गर्ने भएको छ ।

गत वर्ष रुसले आक्रमण गरेपछि गम्भीर आर्थिक दबाबमा परेको युक्रेनलाई उपलब्ध गराउन लागेको यो ऋण केही साता भित्रै आईएमएफको कार्यकारी बोर्डबाट स्वीकृत हुने बताइएको छ ।

रुसी आक्रमणपछि युक्रेनले पाउने यो पहिलो सबैभन्दा ठूलो आर्थिक प्याकेज हुनेछ । आईएमएफले हालै उच्च असाधारण अनिश्चितताको सामना गरिरहेका मुलुकहरूलाई पनि ऋण दिन नीति परिवर्तन गरेको थियो ।

सन् २०२२ मा युक्रेनी अर्थतन्त्र करिब ३० प्रतिशतले खुम्चिएको बताउँदै आईएमएफद्वारा जारी वक्तव्यमा संयुक्त राष्ट्र संघको प्रमुख वित्तीय संस्थाका अधिकारी गेभिन ग्रेले भनेका छन्, “असाधारण उच्च अनिश्चितताअन्तर्गत ऋण दिने गरी परिमार्जित कार्यक्रममा जी–७ र ईयू अन्तर्गतका दाताहरूबाट बलियो वित्तीय आश्वासनको अपेक्षा गरएको छ ।”

यसबाहेक युक्रेनका लागि दाताहरूबाट थप सहुलियतापूर्ण आर्थिक सहयोग परिचालन गर्नेबारे पनि सहमति भएको उनले बताएका छन् ।

आईएमएफले यो वर्ष युक्रेनको अर्थतन्त्र थोरै संकुचन वा वृद्धि हुने अपेक्षा गरेको छ । युक्रेनका प्रधानमन्त्री डेनिस श्म्याहलले यो ऋणले देशको महत्वपूर्ण खर्चका लागि वित्त पोषित गर्ने र आर्थिक स्थिरता सुनिश्ति गर्न मद्दत गर्ने बताएका छन् । बीबीसी


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro