site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
टुँडिखेलमा घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरेका थिए ।

घोडेजात्राको राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे लगायतका मन्त्रीगणले टुँडिखेल पुगेर अवलोकन गरेका थिए । 

घोडेजात्रा काठमाडौं उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । 

Himalayan Bank
Dabur nepal
Agni Group

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री

Global bank

ghode jatra171679398375.jpg

ghode jatra191679398378.jpg

Ghode Jatra131679398598.jpg

ghode jatra161679398375.jpg

Ghode Jatra111679398368.jpg

Ghode Jatra51679398364.jpg

Ghode Jatra61679398364.jpg

Ghode Jatra21679398360.jpg

Ghode Jatra31679398360.jpg

ghode jatra201679398378.jpg

Ghode Jatra141679398371.jpg

ghode jatra151679398313.jpg

 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय