site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग नेपालको हार
Tiktok banner adTiktok banner ad

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भारतसँग ४–१ को फराकिलो हार व्यहोरेको छ ।

बंगलादेशको ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालविरुद्ध सहज जित दिलाउन भारतकी सिल्जी साह्जीले ह्याट्रिक गर्दा पूजाले एक गोल गरिन् । नेपालकी वर्षा ओलीले एक गोल फर्काएकी थिइन् ।

खेलको दशौँ मिनेटमा साह्जीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ४०औँ मिनेटमा साह्जीले नै भारतको अग्रता दोब्बर पारिन् । 

त्यसको एक मिनेटपछि नै पूजाले गोल गर्दै भारतको अग्रता ३–० मा पुर्याइन् । खेलको ५४औँ मिनेटमा वर्षाले नेपालका लागि एक गोल फर्काएकी थिइन् । तर, ८०औँ मिनेटमा साह्जीले ह्याट्रिक गरेपछि भारतले ४–१ को जित निश्चित गरेको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रूसको सहभागिता छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro