site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री त्रिदेशीय कपको विजेताले पाँच हजार डलर पुरस्कार पाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री त्रिदेशीय कपको विजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । एन्फाले सोमबार पत्रकार सम्मेलनमार्फत चैत ८ गतेदेखि सुरु हुने प्रतियोगिताको विजेताले पाँच हजार र उपविजेताले तीन हजार डलर पुरस्कार पाउने जनाएको हो ।

यस्तै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ले २५० डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५०० डलर पुरस्कार पाउनेछन् ।

Agni Group

एन्फाका अनुसार प्रतियोगिताको पुरस्कार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउनेछ । नेपाल, भुटान र लाओसको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ । 

एन्फाले प्रतियोगिताका लागि एक करोड ७७ लाख ६८ हजार रुपैयाँ अनुमानित खर्च रहेको जनाएको छ । प्रतियोगिताका लागि भुटान र लाओसको टिम नेपाल आइसकेका छन् । सिङ्गल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि खेल्नेछन् ।

Global Ime bank

पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् ।

यो प्रतियोगितासँगै राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा आफ्नो प्रशिक्षण यात्रा सुरु गर्नेछन् । प्रतियोतिगाका लागि एन्फाले टिकट मूल्य सामान्य प्यारापिटतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ तोकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC